बुढीगंगामा अन्तराष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

<span class='c1'>बुढीगंगामा अन्तराष्ट्रिय महिला</span> <span class='c2'>कबड्डी प्रतियोगिता हुने</span>

विराटनगर, १४ पुस ।
मोरङको बुढीगंगा गाउँपालिकामा अन्तराष्ट्रिय महिला कबड्डी हुने भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ को खेल मैदानमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता गराउनको लागि भुवनेश्वर मण्डलको अध्यक्षमा मोरङ कबड्डी समिति गठन गरी काम शुरु गरिएको हो ।
मुल समिती सँगै अन्य नौवटा विभिन्न उपसमिति बनाइएको छ। यही पुस २७ र २८ गते हुने कबड्डी प्रतियोगितामा नेपाल भारत, श्रीलंका र माल्दिभ्सका गरी ५ टिम सहभागी हुने आयोजक समितिका अध्यक्ष मण्डलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नको लागि करिब १० लाख लाग्ने अनुमान आयोजकको छ । पुरस्कृत टीमलाई नगद सहित सिल्ड र प्रमाणपत्र बितरण गरिने अध्यक्ष मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्