विराटनगर, १४ पुस । अन्तराष्ट्रिय स्तरको मेलामा भित्र कार्यक्रमको समापन भई रहँदा मेलाको भित्र र बाहिर बालकहरु श्रम गर्दै थिए । आज भन्दा करिब २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिका बालमैत्री घोषणा भएको स्मरण हुँदा हुँदै पनि बालक श्रमिकको रुपमा खेलौना बनाउने तथा बेच्नमा ब्यस्त देखिन्थे । निगरानी गर्ने महानगरपालिका तथा बालबालिकाको क्षेत्रमा काम गर्नेअन्य निकायले यो बिषय पत्तो समेत पाएनन् । मेला अायाेजक सस्थाले पनि याे बिषयमा ध्यान दिनु पर्नेमा त्यसाे नगरेकाे सर्वसाधारणले अाराेप लगाएका छन् ।