एसियाकै अग्लो तेह्रथुमकाे ह्यात्रुङ झरनाको विकासकालागि प्रदेश सरकारले प्राथमिकता दिने

<span class='c1'>एसियाकै अग्लो तेह्रथुमकाे ह्यात्रुङ झरनाको</span> <span class='c2'>विकासकालागि प्रदेश सरकारले प्राथमिकता दिने</span>

तेह्रथुम, १५ पुस ।  प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोेले दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरनाको विकासकालागि प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उनले झरनाको पर्यटन प्रवर्द्धनकालागि विस्तृत योजना बनेपछि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए ।  अनले शनिबार झरनाको प्रत्यक्ष अवलोकन गर्दै दक्षिण एसियाकै अग्लो आकर्षक झरना प्रदेशकै गहना भएको बताउनुभयो । उ झनले झरनासम्म सडक, विद्युतलगायत आधारभुत पुर्वाधार विकास गरी पर्यटकीय आकर्षणको केन्द्र बनाउनु जरुरी रहेको बताए ।

जिल्लाकाे सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र फेदाप गाउँपालिकाका जनप्रतिनिधि सहित झरनामा पुग्नुभएका मन्त्री आङबोलाई स्थानीयबासीहरुले स्वागत गरेका थिए । झरनाको अवलोकनपछि सम्दु माध्यमिक विद्यालयमा विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नवीन चोङवाङले झरनाको विकाससँगै आसपासका बासिन्दाको जीवनस्तर समेत उकास्न सहयोग पुग्ने गरी होमस्टे विकास गर्नुपर्नेलगायतका मागहरु राखे।

कार्यक्रममा प्रदेश सांसद तेजमान कन्दंङवा र लक्ष्मण तिवारी, गाउँपलिकाका अध्यक्ष हरिप्रसाद चोङबाङ, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई लगायतले मन्तव्य राखे ।  ३ सय ६५ मिटर अग्लो ह्यात्रुंग झरनाको विकासका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले २८ लाख रुपैयाँ विनियोजन गरेको छ । झरनालाई बाह्रै महिना पर्यटक आगमन बढाउन प्रयत्न भइरहेको गाउँपालिकाका अध्यक्ष चोङबाङले बताए ।

झरनासम्म यसअघि नै सडकको ट्रयाक ओपन भए पनि व्यवस्थित भएको छैन । मन्त्री आङ्बोले सडकलाई व्यवस्थित गर्न निर्देशनसमेत दिए। झरनाको नजिकैबाट मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ । जसकारण पनि झरनाको पर्यटन प्रवर्द्धनमा सहयोगमा पुग्ने स्थानीयबासीको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्