बिराटनगर पुष १५ ,
यस्तै ,काठमाडौं उपत्यकाको तापक्रम एक डिग्री सेल्सियसमा झरेको छ ।
आज विहान ५ बजेर ४५ मिनेटमा गरिएको तापक्रमको मापन एक डिग्री सेल्सियस रहेको हो । हिजो एक दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । आज काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । त्यस्तै, भोलि शून्य डिग्री सेल्सियसमा तापक्रम झर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । तर, वर्षाको सम्भावना न्यून रहेको बताइएको छ ।