महिला जागृति तथा वृद्धाआश्रमले २१ जनालाई गर्यो सम्मान

महिला जागृति तथा वृद्धाआश्रमले २१ जनालाई गर्यो सम्मान

विराटनगर, १५ पुस ।
मोरङ बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाआश्रमले चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीसहित २१ जना व्यक्तिलाई सम्मान गरेको छ । वृद्धाश्रमले  शनिवार आयोजना गरेको कार्यक्रममा प्राज्ञ सुवेदीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो ।
आश्रमको १० औं साधारणसभाको अवसरमा ज्येष्ठ नागरिक देवकुमारी पौडेल, चन्द्रमाया पौडेल, भगवती निरौला, गोमा पोखरेल, बिमला लम्साल, समाजसेवी मणिकुमार अज्र्याल, रामबहादुर घिमिरे, केदार कार्की, जुद्धबहादुर कार्कीलगायत सम्मानित भएका छन् ।
त्यस्तै कार्यक्रममा ४ जना जेहेन्दार विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सबैलाई प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, आयोजक संस्थाकी अध्यक्ष भुवनेश्वरी अर्यालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । सोही अवसरमा मन्त्री घिमिरेले प्रदेश सरकारले बृद्धवृद्धाका लागि स्वास्थ्य उपचारलगायत सुविधाको व्यवस्थापन गर्ने बताए । कार्यक्रममा मन्त्री घिमिरेले ज्येष्ठ नागरिकको सम्मानका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने आश्वास दिए । ( मकालु टेलिभिजन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्