विराटनगरमा गुरुङ समुदायले यसरी मनाए तमु ल्होसार (भिडियो सहित)

विराटनगरमा गुरुङ समुदायले यसरी मनाए तमु ल्होसार (भिडियो सहित)

विराटनगर,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आईतवार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाएका हुन्् । यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि आईतबार विविध कार्यक्रममा गरी नयाँ वर्ष ल्होसार मनाए । तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई समिति विराटनगरको आयोजनामा विराटनगर १६ सलाई मिल भित्र भव्य रुपमा ल्होसार पर्व मनाएका छन् । सलाई मिल भित्रको खाली जमिनको परिसरमा विराटनगर भरी छरिएर बसोबास गर्ने गुरुङ समुदाय एक आपसमा भेला भई शुभकामना आदान प्रदान गर्दै ल्होसार पर्व मनाएका हुन् । उनीहरुले गुरुङ भेषभुषामा सजिएर गुरुङ नृत्य प्रस्तुत गरेका थिए ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरि मनाईदै आएको नगर समितिका सचिव राजेश गुरुङले जानकारी दिए । साथै ल्होसारको अवसरमा नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने र नाचगान गरी रमाइलो गर्ने परम्परा रही आएको छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अघि सरकारले यो पर्वमा सार्वजनिक विदा दिईने गरेका भएता पनि यसपटक विदा कटौती गरेको छ । सरकारले सार्वजनिक विदा कटौती गरेको भन्दै सरकारको निर्णय प्रति गुरुङ समुदायका अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् । गुरुङ समुदायका अगुवाहरूले ल्होसार राष्ट्रिय पर्व भएकाले राष्ट्रिय विदाको माग गरेका छन् ।

भिडियाे यस्ताे 

https://www.facebook.com/ourbrt/videos/399170494161841/

प्रस्तुती : प्रेम देवान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्