विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल २०१८ को उपाधि रोजिनालाई, पाईन् २ लाख ५० हजार

विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल २०१८ को उपाधि रोजिनालाई, पाईन् २ लाख ५० हजार

विराटनगर, १५ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण बेस क्यापको भ्रमण गर्न पाउने छिन् ।
त्यसैगरि मिस पूर्वेली सुपर मोडलको फस्ट रनर अपको उपाधी आँचल मल्लिकले पाएकी छन् । उनले नगद एकलाख सहित ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण बेस क्यापको भम्रण गर्न पाउने छिन् । यस्तै सकेन्ड रनरअप मन्दिरा दुमी राई भएकी छिन् । उनले नगद ५० हजारसँगै वालीको भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण बेस क्यापको भम्रण गर्न पाउने छिन् । तीनै जनाले सानिमा इन्स्योरेन्सलको तर्फबाट मिस पुर्बेलीले १० लाख र फस्ट र सेकेण्ड रनरअपले ५–५ लाखको निशुल्क जीवन बिमा गराउन पाउनेछन् ।
शनिबार राती सम्पन्न भएको प्रतियोगितामा गत बर्षका बिजेताहरुले यस बर्षका बिजेताहरुलाई क्राउन लगाई दिएका थिए । १९ जना प्रतिष्पर्धी मध्ये निर्णायकले उत्कृष्ट सातबाट तीनको छनौट गरेका थिए । प्रतियोगितामा मिस पपुलारिटीको उपाधि सुप्रिया शाही, मिस ट्यालेन्टको उपाधि सृजा पोखरेल, मिस बेष्ट स्किनको उपाधि दिक्षा राईले जित्न सफल भए । त्यस्तै मिस बेष्ट हेयर आस्था भट्टराई हुँदा मिस बेष्ट टिभिसि अक्क्षता रौनियार, मिस फोटोजेनिक निशा शर्मा र बेष्ट मोडल आँचल रौनियार बन्न सफल भए ।
ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजनामा भएको मिस पूर्वेली सुपरको मोडलको सातौँ संस्करणमा निर्णायकहरुमा कोरियोग्राफर तथा सिनेकर्मी प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल माल्भिका सुब्बा, संचारकर्मी सुरजसिंह ठकुरी र ओसिन सिटौला, तथा ब्यवसायी पवन पाठक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्