विराटनगरमा विद्यार्थीको क्षमता उजागर गर्न अन्तरविद्यालय वादविवादकाे तयारी

विराटनगरमा विद्यार्थीको क्षमता उजागर गर्न अन्तरविद्यालय वादविवादकाे तयारी

विराटनगर, १५ पुस । विराटनगरका प्याब्सनमा आवद्ध विद्यालयहरुले विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले अन्तर विद्यालय वाद-विवाद प्रतियोगिता संचालन गरिने भएको छ ।
विराटनगरी र विराटनगर स्पिकर्ष क्लबकाे आयोजना तथा प्याब्सन विराटनगरको सहकार्यमा यही पुस १७ गते विरेन्द्र सभागृहमा वाद-विवाद प्रतियोगिता संचालन गरिने भएको हो । विराटनगरी र विराटनगर स्पिकर्ष क्लबकले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी वादविवाद हुनेबारे जानकारी दिएको हो ।
वाद-विवाद प्रतियोगिताले विराटनगरमा शैक्षिक वाद-विवाद, तार्किक बहसको अभ्यास विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ विद्यालयका ३६ जना विद्यार्थीहरुको सहभागीता रहने छ । पुस १५ र १६ गते वल्र्ड स्कुल डिबेटिङ च्याम्पेन्सिप फर्म्याटमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ । १७ गते विरेन्द्र सभागृहमा सेमी फाइनल र फाइनल चरणमा प्रतिस्पर्धा गर्ने प्याब्सनका अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न राष्ट्र तथा अन्तराष्ट्रिय वादविवाद प्रतियोगितामा अनुभव बटुलेका प्रशिक्षक र निर्णायकको भूमिका रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्रतियोगिता सम्पन्न गर्न ८० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्