विराटनगरको पोखरीया माध्यमिक विद्यालयमा खानेपानी उपकरण जडान

विराटनगरको पोखरीया माध्यमिक विद्यालयमा खानेपानी उपकरण जडान

विराटनगर, १६ पुस ।
महिलाहरुमा मात्र आबद्ध रहेको लायन्स क्लब अफ विराटनगर इनोभेटिभले विराटनगरस्थित पोखरीया माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानीका लागि उपकरण जडान गरिदिएको छ ।
इनोभेटिभले विराटनगर १ मा रहेको सो विद्यालय परिसरमा आर ओ प्रबिधिको स्वच्छ खानेपानी फिल्टरिङ मेशिन जडान गरिदिएको छ । विद्यालय परिसमा जडान गरिएको फिल्टरिङ मेशिनको विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । क्लबकी डाइरेक्टर पुनम गिरिले आफ्ना स्वर्गिय पिता गणेशप्रसाद गिरिको ९१ औं जन्मजयन्तिको अवसर पारेर विद्यालय परिसरमा सो उपकरण जडान गरिदिएकी हुन् ।
कुल ३ लाख १२ हजारको लागतमा अत्याधुनिक प्रबिधिको वाटर फिल्टरिङ मेशिन जडान गरिएको आयोजक क्लबकी अध्यक्ष मेनुका भण्डारीले जानकारी दिईन् । पोखरीया माध्यमिक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतमले फिल्टरिङ मेसिन जडान भएपछि विद्यालयमा अध्यनरत १७ सय बढी विद्यार्थी र शिक्षक लाभान्वीत हुने बताए । ( मकालु टेलिभिजन )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्