विराटनगरमा हुने क्यान इन्फोटेक २०१९ को स्टल बुकिङ अन्तिम चरणमा

विराटनगरमा हुने क्यान इन्फोटेक २०१९ को स्टल बुकिङ अन्तिम चरणमा

बिराटनगर पुष १६ , विराटनगरमा पुस १९ देखि २३ सम्म हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को स्टल बुकिङ अन्तिम चरणमा पुगेको छ । क्यान एसोसिएसन विथ म्याक्याफे स्टल बुकिङ नाम दिइएको एक सय १० वटा स्टलमध्ये ८५ वटा स्टल बुकिङ भइसकेको क्यान महासंघ मोरङका अध्यक्ष राजन यादवले बताए ।

विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि काठमाडौंलगायत विभिन्न विश्वविद्यालयका प्रबिधिसम्बन्धी विशेषज्ञहरू सहभागी हुने छन् ।

इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षण हुने छन् ।इन्फोटेकमा सहभागिताका लागि अनलाइन र अफलाइन नाम दर्ताको व्यवस्था मिलाइएको आयोजक समितिका सदस्य स्वप्निल कार्कीले जानकारी दिए ।

सर्वसाधारणले ई–सेवा र खल्तीडटकमबाट अनलाइन टिकट लिन सक्ने छन् । टिकट काटेकामध्ये लक्की ड्र मार्फत दुबई भ्रमण गर्ने अवसर प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्