नोना कोइराला स्मृती प्रतिष्ठनले बाड्यो बुढीगंगामा न्यानो कपडा

नोना कोइराला स्मृती प्रतिष्ठनले बाड्यो बुढीगंगामा न्यानो कपडा

विराटनगर, १६ पुस ।
नोना कोइराला स्मृती प्रतिष्ठनले जाडोमा न्यानो कपडा वितरण गरेको छ । मोरङको बुढीगंगा गाउ“पालिका–७ को ऋषीदेव टोलमा सोमवार प्रतिष्ठानका संरक्षक एव काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले एक समारोह विच कम्वल वितरण गरे । प्रतिष्ठानले ऋषीदेव लगाएतका अन्य १ सय ४० परिवारका लागि कम्वल वितरण गरेको थियो ।
कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले प्रतिष्ठानले मोरङ लगाएका देशका सवै जसो जिल्लामा आपत विपतका वेला राहत वितरण गर्ने गरेको वताए । नेपाली महिला मुक्तीका लागि नोना कोइरालाले खेलेको योगदानको चर्चा गर्दै अहिले पनि उनको योगदान समुदायले सम्झि रहने बताए ।
कार्यक्रममा प्रतिष्ठानकी संरक्षक पुनम कोइराला वुढिगंगा गाउपालिका ७ का वडाअध्यक्ष मुरारीलाल विश्वास, प्रतिष्ठानका अध्यक्ष डा. नारायण कुमार लगायतले कम्वल वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्