न्युरो अस्पतालले गर्यो, ९५ बर्षिय वृद्धको सफल सल्यक्रिया

न्युरो अस्पतालले गर्यो, ९५ बर्षिय वृद्धको सफल सल्यक्रिया

विराटनगर, १६ पुस । न्यूरो अस्पताल विराटनगरले ९५ बर्षिय वृद्धाको मस्तिष्कघातको सफल सल्यक्रिया भएको छ । भारत पूर्णियाका ९५ बर्षिय मस्कुरु रहमानको सफल सल्यक्रिया गरेको हो । डेढ महिना अघि घरमै लडेर टाउकोमा चोट लागेका रहमानको उपचारकालागि छोरा अब्दुलले न्यूरो अस्पताल ल्याएका थिए । मस्तिष्क घातका कारण दाहिने भाग प्यारलाइसिस भएका रहमानलाई मंसिर १९ गते अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका बरिष्ठ न्यूरो सर्जन डाक्टर यामबहादुर रोक्का नेतृत्वको टोलीले सल्यक्रिया गरेको थियो । सल्यक्रियापछि गत मंसिर २७ गते डिस्चार्ज भई घर गएका रहमान बिहिवार फलोअपकालागि आएका थिए । ‘अहिले ठिक छु, ९५ बर्षिय रहमानले भने, ‘समयमा नै विराटनगर आएकाले बाच्न पाएँ ।’
टाउकोको देब्रो भागमा चोट लागेका रहमानको छोरा अब्दुलले पूर्णियमा सिटीस्क्यान गराउदा मस्तिष्कघात भएको थाहा पाएका थिए । सिटिस्क्यानमा रगत जमेको देखिएपछि विराटनगर ल्याएर उपचार गर्दा १ लाख २० हजार भारु खर्च भएको उनले बताए । ‘भारतमै सिलगुडी जान सल्लाह दिएका थिए ।’ उनले भने ‘ सिलगुडीमा ५ लाखले पनि पुग्ने थिएन् ।’
सामान्य अवस्थामा ७० बर्ष भन्दा माथी उमेर समुहका वृद्धवृद्धालाई उपचार गर्न परिवारले चासो दिदैनन् । तर जुन उमेर समुहका व्यक्ति भएपनि सही समयमा अस्पताल पु¥याउन सके उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् । न्यूरो अस्पतालमा १० बर्षदेखि काम गरिरहेका डाक्टर रोक्का आफ्नो क्यारियरमा चौथो पटक ९० बर्ष माथीका जेष्ठ नागरिकको सफल सल्यक्रिया गरेको बताउछन् ।
९५ बर्षिय रहमानलाई ‘क्रोनिक सबडिउरल हेमोटोमा’ देखिएको न्यूरो सर्जन डाक्टर मोहन कार्कीले जानकारी दिए । सामान्यतया दुर्घटना र टाउकोमा चोटपटक लाग्दा रगत जम्ने समस्या हुने उनको भनाई छ । टाउकोको देब्रे भागमा चोट लाग्दा दाहिने भाग प्यारलाइसिस भएर बोली बन्द हुने बताउँदै उनले दाहिने भागमा चोट लाग्दा देब्रो भागमा प्यारलाइसिसको लक्षण देखिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्