बिराटनगरमा डिबेट च्याम्पियनसिपको फाईनल आज हुँदै

बिराटनगरमा डिबेट च्याम्पियनसिपको फाईनल आज हुँदै

विराटनगर, पुस १७। विराटनगरमा डिबेट च्याम्पियनसिपको फाईनल आज हुँदै छ।

विराटनगरी र विराटनगर स्पिकर्ष क्लबकाे आयोजना तथा प्याब्सन विराटनगरको सहकार्यमा आज विरेन्द्र सभागृहमा वाद-विवाद प्रतियोगिता संचालन गरिने भएको हो ।

वाद-विवाद प्रतियोगिताले विराटनगरमा शैक्षिक वाद-विवाद, तार्किक बहसको अभ्यास विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १२ विद्यालयका ३६ जना विद्यार्थीहरुको सहभागीता रहने छ । पुस १५ र १६ गते वल्र्ड स्कुल डिबेटिङ च्याम्पेन्सिप फर्म्याटमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न राष्ट्र तथा अन्तराष्ट्रिय वादविवाद प्रतियोगितामा अनुभव बटुलेका प्रशिक्षक र निर्णायकको भूमिका रहने आयोजकले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्