नयाँ वर्ष २०१९ को आगमनमा यस्तो देखियो विराटनगरमा (फोटो फिचर सहित)

नयाँ वर्ष २०१९ को आगमनमा यस्तो देखियो विराटनगरमा (फोटो फिचर सहित)

 

प्रेम देवान ।
विराटनगर, १७ पुस । विराटनगरमा सोमबार साँझ अन्य दिनको भन्दा फकर वातावरण थियो । बजारमा मानिसको चहलपहलसँगै होटल तथा रेष्टुरेन्टहरुमा रमाईलो साँगीतिक कार्यक्रमहरु । नयाँ र राम्रा कपडामा मात्र हैन, मेकअप र सिङ्गारपटारमा देखिन्थे । जव बेलुकी हुदै गयो बिभिन्न समुह बनाएर मानिसको हुल विराटनगरका होटल तथा रेष्टुरेन्टमा प्रवेश गर्नेको लर्को देखिन्थ्यो । यसको एउटै कारण थियो अङ्ग्रेजी महिनाको नयाँ वर्षको स्वागतका लागि भएको तयारी ।
विराटनगरमा रहेका दुई दर्जनबढी होटल, पार्टी प्यालेस तथा रेष्टरेन्टहरुमा सोमबार राती नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरे अनी सँगै पुरानो बर्षको बिदाई पनि ।
नयाँ वर्षको अवसरमा विराटनगरको मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवडी सेवा सदनमा म्युजिक नाईट कन्र्संट भएको छ ।
खराती अबेर सम्म भएको कार्यक्रममा म्युजिक डिजे नाईट पार्टीमा जोगवनी, विराट चोक, ईटहरी, लक्ष्मीमार्ग र बिराटनगरमा रहेका ८ वटा डान्स ग्रुपहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको पहिलो डिजे टेन्जिङ सेर्पा, गायिका साईना श्रेष्ठ, भ्वाईलेन वादक कालेपुङ्गका कैलास खालिङको प्रस्तुति थियो ।
यसैविच नयाँ वर्षलाई रोडशेषमा रहेको विग होटलले पनि न्यू इयर ईभ कार्यक्रमको आयोजना गरेको छ । कलाकार धम्रेन्द्र सेवाङ्ग लगयात , सुरज बानिया, अनिमा थापा र एन्ड्री श्रेष्ठ लगायतले लाईभ म्यूजिकमा आफ्नो प्रस्तुति दिए । कार्यक्रम हेर्न दर्शकको भिड थियो ।
नया वर्षको अवसरमा विराटनगर एयरर्पोटमा रहेको पर्पल हेज रेष्ट्रो गार्डेनमा पनि डिजे डान्स आयोजना थियो । पर्पल हेजमा सोमबार र मंगलबार २ दिन सम्म कार्यक्रम गरिएको होटलका मेनेजिङ डाईरेक्टर राजु खड्काले जानकारी दिए ।
फुल ननस्टप डान्सपाटीमा डिजे गनपथको साथमा भव्य रुपमा डिजे डान्समा सर्बसाधारण झुमेका थिए । उता ग्रिल टु चिल रेष्टुरेन्टमा ईयर ड्रम व्याण्डले लाईभ म्यूजिक गरेको छ । त्यस्तै मण्डला क्याफेमा पनि लाईभ म्यूजिक कार्यक्रम गरिएको रेष्टुरेण्टका संचालक रञ्जित रोक्का जानकारी दिए ।
विराटनगर महेन्द्र चोकमा रहेको टेन्स एलाभेन्स रेष्टुरेण्टमा स्मृति व्याण्डले लाईभ म्यूजिक राती अबेरसम्म गरेको थियो । लाईभ म्युजिका विराटनगरका अधिकास युवाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्