विराटनगरमा अन्तर्राष्ट्रिय जुनियर व्याडमिण्टनको तयारी, वङ्गलादेशदेखि म्यानम्यारसम्मका खेलाडी आउने

विराटनगरमा अन्तर्राष्ट्रिय जुनियर व्याडमिण्टनको तयारी, वङ्गलादेशदेखि म्यानम्यारसम्मका खेलाडी आउने

 विराटनगर, १७ पुस । विराटनगरमा सर्वाधिक राशिको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी पुस २४ गतेदेखि २८ गतेसम्म शहिद रंगशाला विराटनगरको कवर्ड हलमा हुने भएको हो । मोरङ जिल्ला ब्याडमिन्टन संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी दिएको हो ।
प्रतियोगितामा नेपाल सहित मलेसिया, भारत, वङ्गलादेश र म्यानमारका गरी ९० जना अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी हुने आयोजक मोरङ जिल्ला ब्याडमिन्टन संघका सचिव लवभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । सचिव श्रेष्ठका अनुसार नेपालका ४० जना अन्तराष्ट्रिय खेलाडी सहभागि हुनेछन् ।
प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष एकल, १५ वर्षमुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल, १९ वर्ष मुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष डवल र १९ वर्ष मुनिका महिला डवलका इभेन्टका खेलहरु हुने आयोजकले जनाएको छ ।
प्रतियागितामा प्रथम हुने खेलाडीले २ सय डलर, दोस्रो हुनेले १ सय डलर र तेस्रो हुनेले ५० डलरका साथै ट्रफी हातपार्ने पार्नेछन् । नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको सहभागितामा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्