बेलवारीमा एकै स्थानमा ४ वटा सवारी साधन दुर्घटना, ६ जना घाईते

बेलवारीमा एकै स्थानमा ४ वटा सवारी साधन दुर्घटना, ६ जना घाईते

विराटनगर, १७ पुस ।
मोरङ बेलबारी नगरपालिका २ थापाचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको को २७ प.४६९९ न.को मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको मे.१ च.१६४० नं.को भेनले पछाडिबाट ठक्कर दियो । सोही स्थानमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ख.६१७० नम्बरको बसले भेनलाई ओभरटेक गर्ने क्रममा पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको को.१ च.६९५८ नम्बरको भेनलाई ठक्कर दियो । यसरी भएको दुर्घटनामा ईटहरी उपमहानगरपालिका ५ का पुन्य प्र.अधिकारी , रन्जु अधिकारी को बेलबारी सुबिधा अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै को १ च.६९५८ को चालक ईटहरी ५का अर्जुन चौधरी र भेनमा सवार दर्पण सुबेदीको धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा को १ ख. ६१७० नम्बरको बसमा सवार बेलबारीबस्ने अनिता साहको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ।
मे १ च.१६४० को चालक झापा दमक ८ का हडेन्द्र बुढाथोकी र बस चालक सुन्दर हरैचा नगरपालिका २ का शंकर पराजुली ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्