विराटनगर डिबेटिङ्ग च्याम्पियनसिपमा डिएभि स्कुल विजेता

विराटनगर डिबेटिङ्ग च्याम्पियनसिपमा डिएभि स्कुल विजेता

बिराटनगर पुष १८ , विराटनगरी , स्पिकर्स क्लबको सयुक्त आयोजनामा तथा प्याब्सन विराटनगरको सहकार्यमा आयोजित विराटनगर डिबेटिङ्ग च्याम्पियनसिप २०१९ विराटनगरमा सम्पन्न भएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायधिसमा डा. कुल रत्न भुर्तेलको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा प्याब्सन मोरङ्गका सल्लाहाकार रमेश मिश्र, प्याब्सन विराटनगरका अध्यक्ष ईन्द्र राई, प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । यो सदनले विश्वास गद्र्छ कि विधालयहरुमा कुनै पनि हालतले कक्षाहरु विधार्थीको अंक वा योग्यताले विभाजित हुनुहुँदैन भन्ने शिर्षकमा रही अन्तराष्ट्रीय फर्माटमा सन्चालन भएको उक्त च्यामपिन्सिप्मा डिएभि स्कुल विजेता र दिल्ली पब्लिक स्कुल उपविजेता भएको थियो  ।

विराटनगर उपविजेता भएको थियो । त्यस्तै प्रतियोगिताको द वेष्ट स्पिकर ज्ञान सारथि विधा पिठ विराटनगरकी छात्रा निमिसा बुढाथोकीले जित्न सफल भईन भने ज्ञान सारथिकी प्राची साह र ईडेन नेशनल स्कुलकी आयुसा बुढाथोकी उत्कृष्ट वक्ताका रुपमा पुरस्कृत भएका थिए । कार्यक्रमको सभापतित्व विराटनगरी का अध्यक्ष अभिषेक श्रेष्ठले गर्नु भएको थियो ।

पौष १५ गते बाट सुरु भएको कार्यक्रमको प्रथम चरणमा विधार्थीेलाई वल्र्ड स्कुल डिबेटिङ्ग च्याम्पियनसिप नामक उक्त फर्माटका बारेमा जानकारी दिएको र त्यस पस्चात उनिहरु लाई विभिन्न चरणका करिब ३ चरणका प्रतियोगिता गराई उक्त चरणबाट छनोट भएका विधालयहरु विच  सेमीफाईनल र फाईनल प्रतियोगिता गरी विजेता घोषणा गरिएको कार्यक्रम संयोजक रन्जित भगतले जानकारी दिनुभयो ।

आयोजकले हरेक अङ्रेजी नयाँ वर्षको जनवरी ०१ मा विराटनगर डिबेटिङ्ग च्याम्पियनसिपको नयाँ सिज्नको फाईनल गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्