महेन्द्र मोरङ क्याम्पसको ताला खुलेन, राष्ट्रपतिको कार्यक्रम विरोध की समर्थन ? यस्ताे छ कारण

महेन्द्र मोरङ क्याम्पसको ताला खुलेन, राष्ट्रपतिको कार्यक्रम विरोध की समर्थन ? यस्ताे छ कारण

विराटनगर, १८ पुस । राष्ट्रपति बिद्यादेबी भण्डारी बिहिवार बिराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श कलेजमा आउने भएकी छिन् । कलेजको अबस्थाको बारेमा जानकारी लिन आउने राष्ट्रपतिको लागि सुनाउने समस्याको चाङ क्याम्पसले तयार पारिसकेको छ । बुधवार पत्रकार सम्मेलन गरी क्यापसले राष्ट्रपतिको स्वागतको लागि सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । राष्ट्रपतिले २०३९ सालदेखि ४१ सालसम्म यही क्याम्पसमा पढेकी थिईन् । उनको यो क्याम्पस भर्ना हुँदा विद्यादेबी पाण्डेको नाममा रोल नम्बर ३२० थियो । मानविकी संकायमा अध्ययन गरेकी बिद्यादेबी भण्डारीले सोही क्याम्पसबाट २०४० सालमा अनेरास्वबियुको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएकी थिईन् । । त्यही बेलामा बढेकी राष्ट्रपतिको भब्य स्वागतको लागि २०१ आयोजक मुल समारोह समिति गठन गरेर काम तिब्र पारेको हो ।

पुर्वाञ्चल विश्व बिद्यालयमा रजत जयन्तीको रुपमा आउन लागेकी राष्ट्रपति भण्डारी  विश्वबिद्यालयको कार्यक्रम सकेलगतै महेन्द्र मोरङ क्याम्पसमा जाने कार्यक्रम रहेको छ । १ बजे देखि आयोजना गर्ने भनिएको कार्यक्रमा राष्ट्रपतिलाई क्याम्पसको समस्याको बारेमा जानकारी गराईने छ ।
पुवाञ्चल विश्व विद्यालयको कार्यक्रममा आएको बेला राष्ट्रपतिले आफु पढेको क्याम्पसमा जाने ईच्छा ब्यक्त गरेपछि यसरी कार्यक्रमको आयोजना गरिएको हो । तर क्याम्पसले भने क्याम्पसको तर्फबाट पटक–पटक पहल गरेपछि राष्ट्रपतिलाई ल्याउन सफल भएको जनाएको छ । क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले राष्ट्रपतिलाई यस अघि पनि आउन आग्रह गरिएकोमा प्राबिधिक समस्याका बिचमा ल्याउन  नसकेको बताए । क्याम्पसको लेखा र प्रशासनमा ताला
महेन्द्र मोरङ कलेजको स्थापना २०१२ सालमा जनताको मुठीदान र स्थानीय शिक्षा प्रेमीको सक्रियतामा क्याम्पस शुरु भएको हो । त्रिभुवन विश्वबिद्यालयको स्थपना हुनुभन्दा पहिला नै यो क्याम्पसको स्थापनाले त्यो बेला पुर्बाञ्चलमा शिक्षाको हबको रुपमा स्थापित थियो । क्याम्पस शुरु हुँदाको बेला भारतको पटना विश्वबिद्यालयबाट स्वीकृती लिएर पठन पाठन शुरु गरिएको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । 
शिक्षाको उज्यालो तर्फ समाजलाई लैजानको लागि यही क्याम्पस हो जहाँ अहिले राजनीति रुपमा धेरैले देशको नेतृत्व गरिसकेका छन् । क्याम्पस स्थापना भएको करिब ४ बर्ष पछि मात्र त्रिभुवन विश्वबिद्यालयको स्थापना भएको हो । त्रिभुवन विश्वबिद्यालय माताहतको आंगिक क्याम्पसमा रहेको यो क्याम्पसका कुनै समय थियो जहाँ बिद्यार्थीलाई टेक्ने ठाउँ हुँदैन थ्यो । एउटै क्याम्पसमा १२–१५ हजार बिद्यार्थी पढ्थे । तर अहिले यो क्याम्पस बिबिध कारण जर्जरमा फँसेको छ । यो क्याम्पसमा गनेर ३ हजार ५ सय बिद्यालय पुर्याउन मुस्किल छ ।

विद्यार्थीको चाप त घटेको छ नै अहिले बिद्यार्थीलाई क्याम्पसमा ल्याउनको लागि कसैको पहल देखिँदैन । हरेक महिना जस्तो बिद्यार्थी र क्याम्पस प्रमुख बिच हुने विवादले क्याम्पसलाई उभो लगाउने हैन अधोगति तर्फ धकेल्ने मात्र काम गरेको शिक्षा क्षेत्रका जानकारको टिप्पणी छ । यसको ज्वलन्त उदाहरण हो पछिल्लो समय बिद्यार्थीले गरेको तालाबन्दी । बिगत १६ दिन देखि क्याम्पसमा तालाबन्दीको अबस्था छ । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।
देशकै सर्बोच्च ब्यक्ति राष्टपति आउन लागेको क्याम्पसमा बिद्यार्थीले ताला नखोल्नु अनी क्याम्पस प्रशासन तथा प्रमुखले त्यसलाई ताला खोल्ने बिषयमा चासो नदिएको जस्तो देखिन्छ । यस्तो किचलोका बिचमा आउन लागेकी राष्ट्रपतिको कार्यक्रम पछि क्याम्पसको छवी बदलिने हैन धुमिलिने आँकलन गरिएको छ ।खास कुरा यस्तो
गत पुस २ गते क्याम्पसमा बिद्यार्थीले क्याम्प्स प्रमुखलाई ४ घण्टा थुने । अनी क्याम्पस प्रमुखले बिद्यार्थीसँग वार्ता गर्ने भनेपछि क्याम्पस प्रमुखलाई त छाडे तर क्याम्पस प्रमुख र आर्थिक प्रशासन शाखामा ताला लगाए । अनी बिद्यार्थी संगठनहरुले एक बिज्ञप्ती जारी गर्दै क्याम्पस सुधारको माग गरे । अनेरास्वबियु, अखिल क्रान्तिकारी, नेवि संघ, रा.वि संगठन, नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजवादी विद्यार्थी युनियनले क्याम्पस सुधारको लागि बिभिन्न समयमा भएको सहमती कार्यान्वयन गर्न उनिहरुले माग गरेका छन् ।
विज्ञप्तीमा क्याम्पस प्रमुखको नैतिकताका आधारमा राजीनामा दिनु पर्ने, पुनः निर्माणको नाममा आएको बजेट कमिशनको प्रलोभनमा परी प्रशासनको मिलेमतोमा कमशल सामाग्री प्रयोग भएको पाईएकोले त्यस्ता सामान हटाई गुणस्तरिय सामान प्रयोग गर्नु पर्ने, क्याम्पस परिसरमा रहेका रुख बिरुवा अबैध रुपमा कटान गरि कमिशनको प्रलोभनमा बिक्री गर्न खोजेको बिद्यार्थीको आरोप लगाउँदै ६ विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाएका हुन् । त्यो ताला अहिलेसम्म खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्