झापामा हात्तीको उपद्रो सहन नसकेपछि चिया खेती गर्दै किसान

<span class='c1'>झापामा हात्तीको उपद्रो सहन नसकेपछि</span> <span class='c2'>चिया खेती गर्दै किसान</span>

टीकाराम उप्रेती

बाँहुनडाँगी, पुस १९ गते । झापाको मेची नगरपालिका ४ की टीकामाया ढुङ्गेलको दस कट्ठ मात्र जग्गा छ । उहाँले करेसाबारीसमेत नराखी गत वर्षदेखि चिया लगाउनुभएको छ ।  बस्न खान नै पाइएन खाद्यबाली लगायो जङ्गली हात्तीले खाएर सखाप पारिदिन्छ । धान, मकै खेती गर्दै आउनुभएकी ढुङ्गेलले जङ्गली हात्तीको उपद्रो सहन नसकेपछि रोक्न हात्तीलाई मन नपर्ने बाली चिया लगाएको बताउनुभयो ।
टीकामायाका ७० वर्षीय श्रीमान् मनोहरि ढुङ्गेलको तीन वर्षअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकोे थियो । घर छेउमा घाँस काट्न जानुभएका श्रीमान् धेरै समय नफर्किएपछि खोज्न जाँँदा हात्तीले क्षत्विक्षत् बनाएको अवस्थामा भेटिनु भएको थियो ।tea_3
यो त्रासले गर्दा उहाँले हात्तीबाट बच्न घरवरिपरि भएको दस कट्ठा जग्गामा चिया लगाएको टीकामायाले बताउनुभयो । उहाँ जस्तै स्थानीय कीर्तिराज भारतीले निजी ३५ बिघा खेतमा चिया लगाइसक्नु भएको छ ।
उहाँहरू जस्तै बाहुनडाँगी क्षेत्रका अधिकांश किसानले अहिले चिया र अन्य वैकल्पिक खेती गर्न थालेका छन् । खाद्यबाली लगाउँदा हात्तीले लगातार निशाना बनाएपछि झापाको बाहुनडाँगीका किसानले ख ती नै परिर्वतन गर्न थालेका हुन् । यस क्षेत्रका किसानहरूले खाद्यबाली खासगरी धान, मकै बालीमा जङ्गली हात्तीले खेतमा नै खाएर हैरान बनाएपछि नयाँ खेतीमा आकर्षित भएका हुन् । चिया लगाउन थालेपछि हात्ती कम आउने र मानिसमा समेत आक्रमण कम हुने गरेको उनीहरूको अनुभव छ ।

भारतको पश्चिम बङ्गाल राज्यको अन्तर्गत रहेको गुप्ती फोरेस्टबाट मेची नदी तरेर हुलका हुल आउने जङ्गली हात्तीले बाहुनडाँगी क्षेत्र बालीनाली सखाप पार्ने गरेको छ । त्यति मात्र होइन बाहुनडाँगी क्षेत्रमा मात्र हालसम्म २१ जना सर्वसाधारणको हात्तीको आक्रमणमा परेर मृत्यु भइसकेको छ । मानिसले पनि करेन्ट लगाएर, गोली हानेर, विभिन्न साधन प्रयोग गरेर अहिलेसम्म दसवटाभन्दा बढी हात्ती मारिसकेका छन् ।
नजिकै मेचीपारि भारतको जङ्गलबाट चरनका लागि आउने हात्तीले बाहुनडाँगी क्षेत्रका किसानले खेतबारीमा लगाएको अन्नबाली खान आउँदा बीचमा मानिसलाई समेत आक्रमण गर्ने गरेको छ । अन्नबाली खाएर सखाप बनाउने गरेको छ । यहाँका किसानले पनि अब हात्तीबाट बच्न र क्षति रोक्न आफ्नो बारीमा क्रमशः हात्तीलाई मन नपर्ने चिया, कागती, तेजपत्ता, बाह्रमासे सजिवन लगाउन थालेका छन् । यो क्षेत्रमा लगभग १२ सय बिघाभन्दा बढी क्षेत्रमा चिया खेती लगाइ सकिएको छ ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार हात्तीबाट बच्न अब स्थानीयले विभिन्न वैकल्पिक खेती लगाउने र नयाँ उपायका विषयमा खोज अनुसन्धान गर्न थालिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्