शनिवारीय विशेष: फेशनको रुपमा चिनिदै ‘सिलाम साक्मा’

शनिवारीय विशेष: फेशनको रुपमा चिनिदै ‘सिलाम साक्मा’

प्रेम देवान/ओवी
विराटनगर २१ पुस । पछिल्लो समय लिम्बु जातीको मौलिक ब्याच ‘सिलाम साक्मा’ निकै प्रचलनमा आउन थालेको छ । यसलाई अहिलेका पुस्ताले फेशनको रुपमा नै लिन थालेका छन् । केही समय अगाडी ‘द भ्वाई अफ नेपाल’का ४ जना जज र उद्घोषकहरुले आफ्नो छातीमा लगाएको लोगोले विश्वभरी नै के होला भनेर सबैको मनमा कौतहुलता छाएको थियो । ‘द भ्वाई अफ नेपाल’ का जज प्रमोद खरेल दौरासुरुवाल अनि ढाका टोपी, साईडमा लिम्बुहरुले बोक्ने झोला अनि छातीमा सिलाम साक्मा लगाएर जज गर्न बसे सबै दर्शकहरुको मन त्यही सिलाम साक्मा तिर नै गएको थियो ।
नेपालमा व्याच लगाउने चलन कहिले र कोबाट सुरु भयो भन्ने याकिन भने अहिले सम्म थाहा छैन । तर नेपालका हरेक जसो सामाजिक, साहित्यिक र राजनीतिक अनि स्कुल कलेजका विद्यार्थीहरुलाई आ–आफ्नै व्याच लगाएको देख्न सकिन्छ ।
हो ठीक त्यसैगरी लिम्बू जातिका सांस्कृतिक पर्व, उत्सव र कार्यक्रममा पनि ब्याच लगाईदै आएको पाईन्छ , विशेष गरी लिम्बु जातीहरुको चासोक तङ्नाम (उँधौली– उभौली पर्वमा सिलाम साक्मा लगाउने गरेको पाईन्छ । सिलाम साक्मा भने अन्य ब्याचमा जस्तो नाम अक्षर लेखेको हुदैन ।
तर पछिल्लो समय सिलाम साक्माको सांस्कृतिक प्रयोगमा मन्त्रीदेखि कलाकार अनि आम नेपालीको मोह देखिन थालेको छ । केही समय अगाडी प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले एक साँस्कृतिक कार्यक्रममा सिलाम साक्मा लगाएर उभिएका थिए । त्यती मात्र हैन अर्थमन्त्री इन्द्र आङ्बोले आफ्नो शपथग्रहण समारोहमा सिलाम साक्मा लाएर उभिए । लिम्बु जातीको चोसोक ताङनामको अवसरमा धेरै युवा पुस्ताले लगाएको देखियो । पछिल्लो समय लिम्बू समुदायमा मात्रै होइन अन्य समुदायमा पनि सिलाम साक्मा क्रेज बढेको छ । नेपालमा रहेका अन्य समुदायले पनि यसबारे चासो लिदै लगाएको देख्न सकिन्छ ।

दिपाश्री निरौलाईलाई पनि सिलाम साक्माको मोह..
नेपाली सिने क्षेत्रकी एक मात्र सफल फिल्म निर्देशक तथा निर्मता ÷कलाकार दिपाश्री निरौलाको सामाजिक संञ्जाल फेशबुकमा पनि अहिले सिलाम साक्मा लगाएको प्रोफाईल देख्न सकिन्छ । ‘द हाईल्याण्ड आर्ट’ बौद्धकी प्रोपराईटर कल्पना लिम्बुले मायाको चिनो स्वरुप प्रदान गरिएको सिलाम साक्मा दिपाश्रीको फेशबुकको प्रोफाईलमा मज्जाले देख्न सकिन्छ । शरिरको रक्षा र नेपालीहरुको पहिचान देखाउने यस किसिमको पोसाकले अन्तरिक पर्यटक तथा वाह्य पर्यटकलाई चिनाउन सकिने दिपाश्रीको भनाई छ । सिलाम साक्माको मिथक र यसको डिजाइन मन पर्ने भएकाले लाउने गरेको दिपाश्री बताउछिन् । यो नेपाली मौलिक सांस्कृतिक विम्ब मात्रै होइन आकर्षक ब्याच पनि भएकाले यो मन परेको दिपाश्रीले आवर विराटनगरलाई बताईन् । विराटनगर वडा नम्बर १६ का वडा अध्यक्ष मनोज सुब्बा पनि प्राय सिलाम साक्मा लगाउने गर्दछन् । आफ्नो लिम्बुहरुको मौलिक पचिान जनाउने व्याच धेरै महत्व भएका कारण सधै लगाएर हिड्ने गरेको बताउछन् । यस्तो छ सिलाम साक्माको सांस्कृतिक महत्व लिम्बू जातिले सिलाम साक्मा भन्ने यो ब्याचको आफ्नै महत्व छ । यसलाई लिम्बू लोगो वा लिम्बू सांस्कृतिक बिम्ब मानिन्छ । किरात लिम्बू भाषामा सिलाम साक्मा विभिन्न शब्दहरूको संयोजन भएर बनेको छ । जसका आफ्नाआफ्नै महत्व छन् । जस्तै, सिको अर्थ मृत्यु हो । लाम्को अर्थ बाटो हो । साक्माको अर्थ छेक्नु वा थुन्नु हो । यसरी मृत्यु छेक्ने बाटोको रूपमा शाब्दिक अर्थ बोकेको छ सिलाम साक्माले । यो लगाएपछि मृत्यु छेकिने वा महामारीबाट जोगिने लिम्बू जातिको विश्वास रहि आएको छ । लिम्बू जातिले मृत्यु छेक्ने अस्त्र मानेको सिलाम साक्मा एक दन्त्य कथासँग जोडिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्