बैंककमा धुलो आतंक : विद्यालय एक हप्ताका लागि बन्द गरियो

बैंककमा धुलो आतंक : विद्यालय एक हप्ताका लागि बन्द गरियो

बैंककको हावामा फैलिएको विषाक्ता धुलोका कारण त्यहाँका चारसय बढी विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । बच्चाहरुलाई यसको नकारात्मक प्रभावबाट बचाउनका लागि यसो गरिएको हो ।

थाइल्याण्डको राजधानीले अहिलेसम्मकै खराब वायु प्रदुषणको सामना गरिरहेको छ । यहाँको वायु पीएम२.५ नामक अत्यधिक मसिनो धुलोका कणका कारण प्रदुषित भइरहेको छ ।

गाडीबाट निस्कने धुँवा–धुलो र फ्याक्ट्रीका कारण वायु प्रदुषण चरम बिन्दुमा पुगेको बताइएको छ ।सरकारले वायु प्रदुषण हटाउने गरेका विभिन्न प्रयास प्रभावकारी हुन सकेका छैनन् ।सरकारले प्रदुषण कम गर्न वर्षा गराउने कृत्रिम बादल बनाउन प्रयास गर्यो, ट्राफिक कम गर्यो तर पनि यसको असर निकै कम रह्यो । अर्को हप्ता पर्ने नयाँ वर्षको छुट्टीमा कसैलाई पनि आतिशबाजी नगर्न सरकारले निर्देशन दिएको छ ।

द वर्ल्ड एयर क्वालिटी इन्डेक्स प्रोजेक्टका अनुसार बैंककको एयर क्वालिटी इन्डेक्स १७० पुगेको छ जसले यसलाई अस्वस्थ बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्