अमेरिकामा चिसोका कारण कम्तिमा ११ जनाको मृत्यु

अमेरिकामा चिसोका कारण कम्तिमा ११ जनाको मृत्यु

सिकागो ।

अमेरिकामा चिसोका कारण कम्तिमा ११ जनाको मृत्यु भएको छ । ध्रुवीय वायुका कारण केही दिन यता अमेरिकाको तापक्रम एक्कासी ज्यादै न्यून भएपछि मानिसहरुको मृत्यु भएको हो । सिकागो, इलिनोइज,रकफोर्ड, मोलाइन,लोवा लगायतका क्षेत्रमा तापक्रम माइनस ३० डिग्री सेल्सीयस भन्दा बढी रहेको छ । मौसम पूर्वानुमान गर्ने सरकारी निकायले चिसोको यो क्रम अझै एक दुई हप्ता सम्मपनि जान सक्ने बताएको छ ।

चिसो प्रभावित क्षेत्रको हवाई उडानहरु अवरुद्ध रहेका छन् । विद्यालय र कलेजहरु बन्द गरिएको बताइएको छ  । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्