दुब्लोपनको समस्याबाट जोगिन यस्तो गर्नुहोस् ।

दुब्लोपनको समस्याबाट जोगिन यस्तो गर्नुहोस् ।

दिनभरिको काम, हर्मोन परिवर्तन अथवा रोगका कारण मानिसमा दुब्लोपन र कमजोरीका समस्या देखिन्छ । आवश्यकताभन्दा बढी वजन कम भएमा शरीरमा शक्तिको कमी हुन्छ । जसले विभिन्न किसिमको रोग निम्त्याउन सक्छ । हाम्रो वरिपरि यस्ता धेरै खानेकुरा छन् जसले सेवनबाट दुब्लोपनको समस्याबाट जोगिन सकिन्छः

किसमिस किसमिसका १०–१५ गोटालाई राति तातो पानीमा पखालेर भिजाउने । बिहान किसमिससहित पानीको पनि सेवन गर्ने । यसले दुब्लोपन हटाउन मद्दत गर्छ । मह र बेसार एक चम्चा महमा एक चम्चा बेसार मिसाएर दिनहुँ सेवन गर्ने । यसले दुब्लोपन हटाउँछ । छोकडा, काजु र बदाम चार÷पाँच वटा छोकडा, दुई÷तीन वटा काजु र दुई वटा बदाम हालेर एक गिलास दूध उमाल्ने । त्यसमा दुई चम्चा मिस्री मिसाएर दिनहुँ सुत्नअघि यस मिश्रणको सेवन गर्ने । केरा दिनहुँ दुई÷तीन केरा एक गिलास दूधसँग बिहान–बेलुका खानाले दुब्लोपन हटाउँछ । दालचिनी एक गिलास दूधमा एक चिया चम्चाको चौथो भाग दालचिनी पाउडर र एक चम्चा मह मिसाएर पिउँदा पनि दुब्लोपन हट्छ ।

घिउ र मह खाना खाएपछि दुई चम्चा घिउमा एक चम्चा मह मिसाएर खानाले वजन बढ्ने गर्छ । अंगुर खानापछि नियमित रूपमा एक कप अंगुरको जुस पिउनाले पनि वजन बढ्छ र दुब्लोपन हट्छ । सुफ र मिस्री बराबर मात्रामा सुफ र मिस्री मिसाउने र त्यसको धुलो बनाउने । दिनुहुँ खाना खाएपछि सुफ र मिस्रीको धुलो दुई चम्चा खाएमा पनि दुब्लोपन हटेर जान्छ । अनार अनारका बोक्रालाई सुकाएर पिस्ने ।

त्यस धुलोलाई बिहान–बेलुका नियमित रूपमा सेवन गर्नाले पनि दुब्लोपनबाट मुक्ति मिल्छ । मेथी दुई चम्चा मेथी दानालाई एक गिलास पानीमा पाँच घण्टासम्म भिजाउने । त्यो पानी उमालेर छान्ने । त्यसमा दुई चम्चा मह मिसाएर नियमित खाने । यसले पनि दुब्लोपन हटाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्