शवसंग यौन सम्पर्क गर्ने युवकलाई ६ वर्षको जेल सजाय

<span class='c1'>शवसंग यौन सम्पर्क गर्ने युवकलाई</span> <span class='c2'>६ वर्षको जेल सजाय</span>

लण्डन ।

बेलायतको अदालतले मृत्यु भएका महिलाको शवमा यौन सम्पर्क गर्ने एक युवकलाई ६ वर्षको जेल सजाय सुनाएको छ । कसिम खुराम नामको २३ वर्षीय सो युवकले इंगलिस फ्युनरल होममा रहेका महिलाका शवमा रातको समयमा गएर यौन सम्पर्क गरेका थिए । उक्त युवक चोरीको कार्यमा संलग्न रहँदै आएको बताइएको छ । उनले ९ वटा शव राख्ने बाकस खोलेको पाइएको छ ।

औधोगिक शहर बिरमिङघमको स्थानीय अदालतका न्यायाधीश मेलबर्न इम्मानले सो युवकले सबै मानवजातिको संवेदनामा चोट पुर्याएको जनाएका छन् ।

गएको नोभेम्बरमा भएको सो घटनाका समयमा ती युवकले भोड्का र लागूऔषध खाएको पाइएको समाचारमा जनाइएको छ । ती युवाले अदालतमा घटनाको बारेमा माफी मागेको उनका कानुनव्यवसायीले बताएका छन् । (बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्