सुनसरीमा तारक ब्रह्मा महायज्ञ शुरु, प्रदेशमा धार्मिक पर्यटन प्रवद्र्धनको संभावना :राष्ट्रपति

सुनसरीमा तारक ब्रह्मा महायज्ञ शुरु,  प्रदेशमा धार्मिक पर्यटन प्रवद्र्धनको संभावना :राष्ट्रपति

विराटनगर,२६ माघ ।
राष्ट्रपति बिद्यादेबी भण्डारीले कोशी, अरुण र तमोर जस्ता नदीहरु बग्ने सुनसरीको बराह तथा चतरा धाममा पर्यटन विकासको ठुलो संभावना रहेको बताएकी छिन् । । सुनसरीको चतनामा शनिवारदेखि शुरु भएको तारक ब्रह्मा महायज्ञको शुभारम्भ गर्दै उनले कौशिकी संस्कृती बोकेको बराह क्षेत्रमा प्रसस्तै पर्यटनको संभावना भएकोले यसबाट राज्यले ठुलो फाईदा लिन सक्ने बताईन् ।

नेपालमै पहिलो पटक सुनसरीको चतरामा शुरु भएको तारक ब्रह्मा महायज्ञबाट पर्यटक प्रवद्र्धनमा टेवा पु¥याउने विस्वास ब्यक्त गरिन् । प्राकृतिक रुपमा ऐतिहाँसिक तथा प्राकृतिक रुपमा परिचित बराह क्षेत्र चतराको पौराणिक दृष्टीले आदिम काल देखि नै प्रशिद्ध रहेको स्मरण गरिन् । ऋषिमुनी तथा साधु सन्तहहरुको तपस्या स्थलको र बिद्धत बर्गको ज्ञान प्राप्त गर्ने स्थलको रुपमा प्रख्यात रहेको बताईन् ।
यही ठाउँबाट कौशिकी सभ्यता र संस्कृती विकास तथा विकसित भएको मानिन्छ उनले भनिन् । उनले यहाँ रचना भएका ज्ञान शास्त्रका गाथाहरुले अन्तराष्ट्रिय जगतमा समेत चर्चा पाउनु नेपालहरुका् लागि खुसीको बिषय भएको सुनाईन् ।
प्राचिनकाल देखि नै बराह क्षेत्र धाममा बिभिन्न महायज्ञ र पुण्य कर्महरु सम्पन्न हुँदै आएको र ती कर्महरु प्राणी जगतको हितमा लक्षित हुँदै आएको स्मरणगर्दै राष्ट्रपति भण्डारीले प्रकृति र पर्यावरण लक्षित ब्रह्मा तारक महायज्ञ लगाईएकोमा खुसी ब्यक्त गरिन् ।
प्रकृति र पर्यावरणको बिषय हरितक्रान्तिसँग पनि लक्षित रहेको सन्दर्भमा महायज्ञको आयोजना हुनुलाई उनले अर्थपुर्ण रुपमा लिनु पर्ने बताईन् ।
विश्वमा प्रकृति र पर्यावरणको चिन्ता बढी रहेको अबस्थामा यस महायज्ञको आयोजना बाट जलवायु अनुकुलमा सार्थक सहयोग पुग्ने अपेक्षा लिएको बताईन् ।
‘विश्वको सर्बोच्च शिखर सगरमाथा र त्यसैको फेदीमा रहेको कोशी, अरुण र तमोर जस्ता नदीहरु बग्ने यस क्षेत्रमा पर्यटन विकासको ठुलो संभावना छ, राष्ट्रपति भण्डारीले भनिन्, ‘प्राकृति सम्पदाहरुको समुचित उपयोगबाट मुलुकको आर्थिक उन्नतीसँगै युवा रोजगारको क्षेत्रमा योगदान पु¥याउने पक्षमा सबैको ध्यान जानु आवश्यक छ ।’
प्रकृतिको रक्षा भए मात्र जलवायु संरक्षित र सन्तुलित रहने भन्दै राष्ट्रपति भण्डारीले पर्यावरण स्वच्छ रह्यो भने प्रकृति स्वच्छ रहने उनको भनाई छ । ‘मनुश्यले गर्ने ब्यवहार, आचरण, ब्यवहार, अनुशासन पालन र स्वच्छ भोजनले जीवन निरोगी रहन्छ, उनले भनिन्, स्वच्छ जीवन, समृद्ध नेपाल र सुखी नेपालीको आधार हो ।’
नेपालको इतिहासमै पहिलो पटक एक हजार दुई सय साधकहरुको प्रत्यक्ष सहभागितामा सम्पन्न हुने महायज्ञको आयोजना गरिएको हो ।
प्रदेश सरकारको हरित अभियान घोषणा
श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन समारोहमै प्रदेश १ सरकारले हरित अभियान घोषणा गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आत्मनिर्भर अर्थतन्त्रको लागि एक व्यक्ति एक वृक्ष अनिवार्य गर्ने गरी हरित अभियानको घोषणा गरेका हुन् । प्रदेश सरकार र आफु स्वयम जगतगुरु श्रीरामानन्दचार्य सेवा पिठसंग प्रभावित भएकाले सोही पिठसँग सहकार्य गर्ने मुख्यमन्त्री राईले बताए । तारकब्रह्म महायज्ञको सफल अयोजनाबाट प्रदेश १ को धार्मिक पर्यटन प्रवद्र्धन मात्र नभई विश्व शान्ति र मानव एकताको क्षेत्रमा समेत योगदान पुग्ने विस्वास ब्यक्त गरे ।
महायज्ञका आयोजक महायोगी सिद्धबाबा डा. कृष्ण दास महाराजले महायज्ञको अवधिमा तारकब्रह्म मन्त्रराजको एक अर्ब ६० करोड जप गरी १६ करोड हवन वाचन गरिने जानकारी दिए । आगामी फागुन ७ गते सम्म सञ्चालन हुने महायज्ञमा देशभरी कै धर्मानुरागीको उपस्थिती छ ।
तारक ब्रह्म महायज्ञमा सहभागी हुनको लागि भारतका बिभिन्तहरुबाट धर्मका पिठाधिशहरुको समेत सहभागीता रहेको छ । विश्व मै दोश्रो पटक यस्तो महायज्ञ आयोजना गरिएको आयोजकको दाबी छ । यस अघि करिब ७ सय बर्ष पहिला यस्तो यज्ञ भएको बताईन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्