विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी

विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी

झारखण्ड । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना विद्यार्थी बिरामी परेका छन् ।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका बिरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

ती विद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताएका छन् । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिएका छन् ।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताए । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उनले जानकारी दिएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्