कोलकाताबाट पनि छुट्यो विद्युतीय कार्गो , विराटनगरमा विद्युतीय कार्गो प्रणाली रोकिएको अवस्था

<span class='c1'>कोलकाताबाट पनि छुट्यो विद्युतीय कार्गो ,</span> <span class='c2'>विराटनगरमा विद्युतीय कार्गो प्रणाली रोकिएको अवस्था</span>

नवराज कट्टेल

विराटनगर, फागुन ५ । उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्युतीय कार्गो मालवहाक रेल अब कोलकाता बन्दरगाहबाट समेत शुरु भएको छ । वीरगञ्जका लागि कोलकाता बन्दरगाहबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम शुक्रबार साँझदेखि शुरु भएको हो ।

वीरगञ्जसँगै विराटनगरमा समेत विद्युतीय कार्गो प्रणाली शुरु गर्ने निर्णय भए पनि आईसीपीको निर्माण सम्पन्न नभएका कारण रोकिएको छ । यसअघि विशाखापट्नमबाट विद्युतीय कार्गो शुरु भएको थियो । आठ महिनादेखि निरन्तर विद्युतीय कार्गो वीरगञ्जको सुक्खा बन्दरगाहका लागि छुट्दै आएको थियो ।

कोलकाता बन्दरगाहादेखि पनि यो सुविधा हुनुपर्ने माग गर्दै आएका उद्योगी व्यवसायीले वीरगञ्जका लागि कार्गो छुट्नु व्यापार सहजीकरणका लागि कोसेढुङ्गा मानेका छन् । ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टमअन्तर्गत मालवाहक रेल कोलकाता बन्दरगाहबाट शुक्रबार साँझ वीरगञ्जको सुक्खा बन्दरगाहका लागि हिँडिसकेको छ । कोलकाताबाट २० वटा कन्टेनर बोकेर मालवाहक रेलको विद्युतीय कार्गो सेवाको शुक्रबार साँझ विशेष अवसरका रूपमा शुभारम्भ गरिएको थियो ।

कोलकातास्थित नेपालका महावाणिज्यदूत एकनारायण अर्यालको प्रमुख आतिथ्यमा झण्डोतोलन गरिएपछि विद्युतीय कार्गो नेपाल प्रस्थान गरेको हो । बन्दरगाहस्थित कमिस्नर कस्टम मनिषचन्द्र, कनकोरका महाप्रबन्धक शाहिद रहमन र बन्दरगाह सञ्चालक समितिका अध्यक्ष विनितकुमारसहितले महावाणिज्यदूत अर्यालसँगै एकै पटक झन्डा देखाउनुभएको थियो ।
नेपाल र भारतबीचको पारवहन र व्यापारमा विद्युतीय कार्गो प्रणालीले ठूलो परिवर्तन ल्याउने धारणा उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । विद्युतीय कार्गो सञ्चालनमा आएपछि कोलकाता बन्दरगाह र अन्य ठाउँमा नेपाली व्यवसायीले अनावश्यक रूपमा खर्च गर्दै आएको अर्बौं रुपियाँ जोगिने दाबी छ । व्यापार सहजीकरणका लागि यो ठूलो फड्को हुने र यसले नेपाली उद्योगी र व्यवसायीका लागि झन्झटमुक्त बनाउने बताइन्छ ।
विशाखापट्नमबाट वीरगञ्जसम्म इसीटीएस रेल बाउन्ड कार्गो सफल भएपछि नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई कोलकाता बन्दरगाहदेखि वीरगञ्ज र विराटनगरसम्म पनि ट्रान्ससिपमेन्ट मोडलअनुसारको इसीटीएस कार्गो ल्याउन अनुरोध गरेको थियो ।

नेपालको अनुरोधलाई भारत सरकारले स्वीकार गर्दै फागुन ३ गते कोलकाता बन्दरगाहबाट पनि इसीटीएस कार्गो वीगरञ्ज सुक्खा बन्दरगाह र विराटनगर नजिकको भारतीय रेल वे स्टेसन बथनाहासम्म परीक्षणका लागि पठाउने निर्णय गरेको थियो तर बथनाहासम्म आएको यो कार्गो व्यवस्थापनमा समस्या हुने भएपछि आईसीपीको निर्माणपछि मात्रै कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

अघिल्लो महिना गरेको यो निर्णय कार्यान्वयन गर्दै तत्काल वीरगञ्जका लागि कोलकातादेखि विद्युतीय कार्गो रेल शुरु गरिएको हो । माघ ११ गते सूचना प्रकाशित गर्दै कोलकताबाट परीक्षणका रूपमा ट्रान्ससिपमेन्ट मोडालिटीअनुसार इसीटीएस कार्गो पठाउने उल्लेख गरिएको थियो । भारतको कस्टम हाउस कोलकाताका कमिस्नर अफ कस्टम (पोर्ट) मनिष चन्द्रको हस्ताक्षर रहेको सूचनाअनुसार तोकिएकै दिनदेखि सेवा प्रारम्भ भएको हो ।

ट्रान्ससिपमेन्ट मोडालिटीअनुसार कन्टेनरमा सामान ल्याउँदा सिपिङ लाइनले कोलकाता बन्दरगाह हुँदै नेपाल पठाएको कन्टेनरलाई बन्दरगाहस्थित भन्सार कार्यालयले इलेक्ट्रोनिक डिभाइस लगाएर सीधै नेपाल पठाउँछ । यसका लागि भारतीय रेलको एक शाखा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकोर) ले बन्दरगाहमा लेखेर दिनेछ । कोलकातादेखि वीरगञ्ज र बथनाहासम्म रेलको ¥याक उपलब्ध गराउने जिम्मा कनकोरले लिएको हो ।

कोलकाता बन्दरगाहले प्रत्येक कन्टेनरमा इलेक्ट्रोनिक डिभाइस लगाउने र एक डिभाइसको भारतीय रुपियाँ तीन हजार तीन सय नेपाली व्यवसायीले भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त डिभाइस कन्टेनरमा लगाएपछि कोलकाता बन्दरगाहबाट छुटेको रेलको अवस्था सहजै बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्