आसाममा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

आसाममा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतको आसाममा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० भन्दा बढी सिकिस्त रहेका छन् । स्थानीय अधिकारीका अनुसार मृत्यु हुने अधिकांश चिया कम्पानीमा कर्यरत मजुर रहेका छन् ।

गएको हप्तामात्रै भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिराका सेवन गरेकै कारण १ सय जनाको निधन भएको थियो । गएरातिसम्म ५० जनाको मृत्युभएपनि शनिबार मध्यानसम्म ६९ जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार असाम राज्यको भएको सो घटनामा मदिरा खाएका ती मजदुरहरुले सेवन गरेको केही समयमै वान्ता गरको र प्रायजसो सबै वान्ता गर्दै अस्पताल आईपुगेका थिए । साथै उनीहरुले अत्याधिक पिडा भएको र सास फेर्न गाह्रो भएको बताएका थिए ।

मृत्यु भएका र विरामी भएका मध्ये धेरै जना महिला रहेका छन् । आसामका मुख्य मन्त्री सर्वानन्द सोनोवालले भने घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्