विराटनगरका भाषाविद् बालकृष्ण पोखरेल रहेनन्

विराटनगरका भाषाविद् बालकृष्ण पोखरेल रहेनन्

विराटनगर, १२ फागुन ।
वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएका उनको गएराती निधन भएको हो ।

मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादेखि थलिएका थिए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।
गान्टोकबाट काठमाडौं ल्याई लगेका उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिवार श्री अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो । उनको गएराती १ बजे बिराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो ।

बालकृष्ण पाेखरेलका १ सय ३० वटा बढी पुस्तक लेखि सकेका थिए । उपन्यास ४७, ८ वटा पाण्डुलिपी लगायतका धेरै पुस्तक लेखेका छन् ।  उनले बालकृष्ण पाेखरेलकै नामबाट भने ३ वटा पुस्तक मात्र लेखेका छन् ।  खस जातिकाे ईतिहाँस, १०० बर्ष र  भाषाकाे शब्दकाेष लेखेका छन् । उनलाई नजिकैबाट अध्ययन गरेकी कबि सीमा आभाषका अनुसार  पाेखरेलले आफ्नै पुस्तक पनि  कतिलेखे भन्ने थाहा नभएपनि विभिन्न नामबाट उनले पुस्तक लेखेका थिए ।

पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो। बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढीमकवानपुरमा भएको हो। उनी रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन्।

उनी कलकत्ता विश्वविद्यालयबाट एेतिहासिक भाषाशास्त्रमा स्नातकाेत्तर उपाधि प्रप्त गरी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका  थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र माेरङ क्याम्पसमा र स्नातकाेत्तर क्याम्पस खुलेपछि साेही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पाेखरेलले २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गरेकाे पाइन्छ । उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानकाे सदस्य रहे । साे समयमा उनले बृहत् नेपाली शब्दकाेशकाे सम्पादनमा गहनतम याेगदान पुर्याएका छन् । पाेखरेलले विभिन्न छद्म नामबाट विभिन्न कृतिहरूकाे रचना गरेका छन् । पाेखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा  आबद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्