विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न युवक सुरक्षाकर्मीको कारबाहीमा मारिए

<span class='c1'>विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण</span> <span class='c2'>गर्न खोज्न युवक सुरक्षाकर्मीको कारबाहीमा मारिए</span>

ढाका, फागुन १३ । विमान बंगलादेश एयरलाइन्सको एउटा विमान अपहरण गर्न खोज्न एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।

बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बीजी १४७ फलाइट नम्बरको विमानलाई अपहरण गर्न खोज्न युवक मारिएका हुन् । १४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए ।

ती व्यक्तिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न पाउनुपर्ने माग गरेका थिए । विमानका चालकले चलाखीपूर्ण रुपले प्रधानमन्त्रीसँग कुरा गराइदिने आश्वासन दिएर चटगाउँस्थित शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याएर विमानको आपतकालीन अवतरण गराए । त्यसपछि सबै यात्रुलाई सकुशलतापूर्वक बाहिर निकालिएको थियो ।

विमानभित्रै रहेका अपहरणकारीलाई आत्मसमर्पण गर्न भनिएकोमा नमानेपछि उनलाई गोली प्रहार गरिएको बंगलादेशका अधिकारीहरुले जनाएका छन् । २५ वर्षीय युवकले किन विमान अपहरणको प्रयास गरे भन्ने चाहिँ स्पष्ट भएको छैन ।

विमान अपरहणको प्रयास गर्ने युवक बंगलादेशी नागरिक रहेको बताइएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्