पाकिस्तानले भन्यो “आत्मरक्षाका भारतलाई उपयुक्त जवाफ दिन्छौं”

<span class='c1'>पाकिस्तानले भन्यो “आत्मरक्षाका भारतलाई</span> <span class='c2'>उपयुक्त जवाफ दिन्छौं”</span>

इश्लामावाद फाल्गुन १४ ।

भारतले आफूमाथि आक्रमण गरेको र पाकिस्तानलाई पनि प्रतिवाद गर्ने अधिकार रहेको पाकिस्तानले बताएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले इश्लामाबादमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । भारतले मंगलबार बिहान पाकिस्ताभित्र विमानबाट बम हानेको थियो ।

इकोनोमिक्स टाइम्सले जनाएअनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको आक्रमणको घटनालाई लिएर विशेष बैठक डाकेका छन् । पाकिस्तानका विदेशमन्त्रीले लाइन अफ कन्ट्रोलका बारेमा भएको सहमति पनि भारतले उल्लंघन गरेको जनाएका छन् ।

उनले आफ्नो आत्मरक्षाका लागि पाकिस्तानले भारतलाई उपयुक्त जवाफ दिनेसमेत बताएका छन् । पाकिस्तानका विदेशमन्त्रीले मंगलबार नै विदेश मन्त्रालयका अधिकारीहरुसँग आपतकालीन बैठक गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्री खानलाई ब्रिफिङ गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्