भारत-पाकिस्तानको तनाव झन चर्कियाे : एलओसीमा पनि गोली हानाहान, ४ जनाको मृत्यु

<span class='c1'>भारत-पाकिस्तानको तनाव झन चर्कियाे : एलओसीमा</span> <span class='c2'>पनि गोली हानाहान, ४ जनाको मृत्यु</span>

कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार बिहानै हमला गर्याे।

उक्त हमलाबाट पाकिस्तानले कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले सयाैं मारिएकाे दावी गरेकाे छ । कसैले ४० भन्दा बढी आतङ्ककारी मारिएकाे दावी गरेका छन् भने कसैले ३०० देखि ४०० जनाको मृत्यु भएको दावी गरेका छन्।

मंगलबार ३: ४५ बजे भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कश्मीरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २००० फाइटर जेट विमानबाट बम आक्रमण गरेको थियाे । सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ ।

दुई साता अघि भारतकाे पुलवामामा भएको आतंकारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो ।

एलओसीमा भारत–पाक गोली हानाहान

भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ। भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा लाइन अफ कन्ट्रोल दुई पक्षबीच गोली हानाहान भएको छ।

उक्त घटनामा भारतीय सेनाको गोली लागेर चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको हिन्दीले उल्लेख गरेको छ। आक्रमणमा तीन महिला र एक बच्चा मृत्यु भएको जनाइएकाे छ।

भारतले पाकिस्तानले एलओसीमा संघर्ष विराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले पनि भारतले नियन्त्रिण रेखा उल्लंघन गरेको जनाएको छ। सो घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ।

भारतीय वायु सेना उच्च सतर्कतामा

आक्रमणपछि भारतीय वायु सेना उच्च सतर्कतामा रहेकाे भारतीय सञ्चारमाध्यमहरूले लेखेकाे छ । समाचारकाे अनुसार पश्चिमी सिमानामा, वायु सेनाका लडाकुहरू तैनाथ गरिएकाे छ । पंजाबको पश्चिमी सीमा जामनगर, उत्तर, जैसलमेर, जोधपुर, पुसीलगायतमा सुरक्षा व्यवस्था बढाएकाे छ।

उत्तर प्रदेश सरकारले पनि सम्पूर्ण राज्यमा अलर्ट जारी गरेकाे छ । वायु सेनाका शिविरको सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।

आक्रमण पछि भारत खुसी

आक्रमण पछि, विदेश विदेश मंत्री सुषमा स्वराजले अखिल पार्टी सभालाई बोलाए। उनले भने, ”
भारतीय वायु सेनाकाे कामप्रति म खुसी छु”

सबै दलहरूले टोनमा वायु सेनाको कार्यको प्रशंसा गरे। सबैले आतंकवाद विरुद्ध सरकारको कार्यलाई समर्थन गरे।

बैठकपछि कांग्रेसका नेता गुलाम नबी आजादले भने, “हामी एयर फोर्सको कारवाहीको मूल्यांकन गर्छौं।” आतंकवाद हटाउनको हामिलाई सेनाको समर्थन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्