पुर्बमा टिप्पर व्यवस्थापनकाे प्रयास : सर्बसाधारण त्रसित, प्रशासन भन्छ, ‘राती चलाउ’

 पुर्बमा टिप्पर व्यवस्थापनकाे प्रयास  : सर्बसाधारण त्रसित,  प्रशासन भन्छ, ‘राती चलाउ’

ईटहरी, १६ फागुन ।
सुनसरीको ईटहरीका गुुरु ढकाल अत्याधिक गतिमा चलाईने टिप्परको बारेमा टिप्परका कारण आवत जावत गर्न नै समस्या रहेको बताउँछन् । पछिल्लो समय टिप्पर दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि यस्तो अबस्था आएको उनी भन्छन् । दुर्घटना हुनुको पछाडिको कारण टिप्परको चालक मात्र नभई चालकलाई प्रशिक्षित गर्न नसक्ने ट्राफिक प्रहरी पनि रहेको बताए । उनको मात्र यो चिन्ताको कुरा हैन, यो समस्या सुनसरी मोरङका सामान्य नागरिकका हुन् । उनीजस्ता यस्ता समस्या भोग्ने धेरै रहेका छन् ।

केही दिन अघि हरैचामा भएको दुर्घटना र घटना पछि  ७ वटा टिप्परमा स्थानीयले आगजनी गरे । आगजनी पछि यसलाई ब्यवस्थित गर्न कसरी अगाडि बढ्ने भन्ने समस्या प्रहरी प्रशासनसँग छ ।
प्रदेश १ मा टिप्पर समस्याको रुपमा देखिएपछि त्यसलाई ब्यवस्थापनको बारेमा सम्वाद समुहले छलफल शुरु गरेकाे छ ।  टिप्पर दुर्घटनाका बिषयमा आम सर्बसाधारण आतंकित भएका छन् भने प्रहरी र प्रशासन यस बारेमा कसरी ब्यवस्थापन गर्ने भन्ने पक्षमा छ । तर यसको टुङ्गो लाग्न सकेको छैन ।
ईटहरीका पदम अधिकारी राजमार्गमा ५० किलोमिटर प्रतिघण्टा हिड्नु पर्ने ब्यवस्था भएपनि बजारमै प्रतिकिलोमिटर ५० स्पीडमा कुद्ने गरेको बताए । यसरी  नियम बिपरित चलाउँदा पनि कार्वाही नहुनु समस्याको रुपमा रहेको बताए । कुन सडकमा कुन सवारी साधन चल्ने भन्ने सडकको बर्गिकरण हुनु पर्ने तर्क उनको छ ।
छलफलमा ट्राफिक प्रहरी कार्यालयले नै नियमन राम्रो नगरेको आरोप लागेको छ । फिल्डमा एउटा कुरा डाटामा अर्कै देखाईने गरेको समेत आरोप लगाएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक ढुण्डीराज गिरीले प्रदेशमा टिप्पर समस्याको रुपमा रहेको बताए । उनले त्यसलाई ब्यवस्थापन गर्नको लागि टाईम कार्ड लागु गर्न खोजिएको सुनाए । 'टिप्परलाई बिहान र बेलुकी २–२ घण्टा चलाउन प्रतिबन्ध पनि लगाईएको छ, उनले भने, तर कार्यान्वयनमा केही समस्या भएको छ ।'
मोरङको सुन्दर हरैचामा माघ १४ गते भएकाे घटनापछि प्रदेशमा टिप्पर समस्याको रुपमा देखिएको हो की भन्ने लागेको उनले बताए । उनका अनुसार, सबै भन्दा बढी दुर्घटना मोटरसाईकलको देखिएको त्यसपछि पछिल्लो समस्या टिप्परमा देखिएको छ, उनले भने ।
सडकमा टिप्परको मात्र समस्या हैन, सबै सवारीको ब्यवस्थापनको खाँचो रहेको उनले बताए ।टिप्पर ब्यवसायीका चिन्ता
पुर्वाञ्चल टिप्पर ब्यवसायी संघका उपाध्यक्ष राम फुयाँलेले टिप्परको बारेमा गलत प्रचार भईरहेको आरोप लगाए । ५–७ महिना अगाडि देखि यमराजको रुपमा हेरिँदा आम सर्बसाधाणले टिप्परलाई गलत रुपमा बुझ्न थालेकोले टिप्परमाथिकाे आक्रमण बढेकाे   बताए । टिप्परले ३ फिट अगाडि पछाडि नदेखिने अध्ययनबाट देखिएकोले त्यसलाई आधार बनाएर टाढा रहेर हिड्न उनले आग्रह गरे । मोटरसाईकल चालकले अलिकति दायाँबाया नहेरी चलाउँदा दुर्घटना बढी हुने गरेको सुनाए ।
अब २–३ दिन भित्रमा टाईम कार्ड लागु हुन्छ । सामान्यतया ४० को स्पिड, बजार भित्र ३० को स्पीडकमा कुदाउने कुरा छ, उनले भने । तीन ठाउँमा चेक प्वाईन्ट राखेर चेकजाँच गर्ने गरी तयारी भएको हो ।   बिराटनगरका लागि मात्र दैनिक ५ सय टिप्पर बढी निर्माण सामाग्री बोकेर आउजाउ गर्छन् । ‘दुर्घटना नभई काम गर्नको लागि हामी पनि तयार छौ, उनले भने, सबैको राय सल्लाह अनुसार काम गरौ, हामी पनि दुर्घटना कम गरौ भन्नेमा नै छौ ।’
अर्का निर्माण ब्यवसायी सारदाप्रसाद ढकालले विराटचोकको जस्तो समस्या अन्यत्र पनि हुने हो की भन्ने चिन्ता आफुहरुमा रहेको बताए । दुर्घटना हुनुको कारण भनेको साना सवारी सडकमा बढी हुँदा भएकोे सुनाए । उनका अनुसार, दुर्घटना कम गर्नका लागि हामीले ठुला सवारी साधन ल्याउनु पर्छ, साना सवारी साधन नै सवारी दुर्घटनाको समस्याको रुपमा रहेको छ । हामी निर्माण ब्यवसायी तथा टिप्पर ब्यवसायीले मात्र दुर्घटना नियन्त्रण गर्न सक्दैनौ ।
प्रशासन भन्छ, राती चलाउ
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले रातीको समयमा मात्र टिप्पर संचालन गर्ने हो भने दुर्घटना कम हुने बताए । उनले बढी लोड भएका गाडीहरु राती नै चलाईनु पर्ने बताए । टिप्परले बढी लोड हाल्ने, चालकहरु सबै युवा हुनु दुर्घटना मुख्य कारण भएकोले त्यसलाई रातीको समयमा नै चलाउँदा  कम हुने उल्लेख गरे। पहिला लोड कम गर्नुपर्ने, त्यसकाे नियमन र १८, २०, २२ बर्षको केटाहरुलाई मर्न बाँच्न सँग मतलब नहुने हुँदा त्यस्ता कुरामा ध्यान दिईनु पर्ने उनकाे तर्क छ  ।विकसित देशहरुमा हाईवे भनेको १२ लेनसम्मका सडक हुन्छन् नेपालका साना सडकले पनि दुर्घटना निम्त्याउने काम भएको बताए । दुर्घटनाको बारेमा ट्राफिकले बुझाउन समेत नसकेको बताए । चालकहरुलाई प्रशिक्षण नियमित दिने हो भने पनि घटना न्युनिकरण भएर जाने बताए । प्रस्तुती : सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्