बिन लादेनका छोरा हम्जाबारे सूचना दिनेलाई १० लाख डलर इनामको घोषणा

बिन लादेनका छोरा हम्जाबारे सूचना दिनेलाई १० लाख डलर इनामको घोषणा

अमेरिकी कारबाहीमा मारिएका ‘अलकायदा’का नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर इनाम दिने अमेरिकाले घोषणा गरेको छ ।

हम्जा अलकायदाका नेताकारूपमा उदाइरहेको अमेरिकी अधिकारीहरुको विश्वास छ । ३० वर्षको विश्वास गरिएका हम्जा अफगान–पाकिस्तानसीमानजिक रहेको विश्वास गरिन्छ ।

पछिल्लो समय उनले सार्वजनिक गरेका श्रव्य–दृश्य सामग्रीमा अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए । बिन लादेन अमेरिकी सेनाले गरेको कारबाहीमा पाकिस्तानको एवोटावादमा मारिएका थिए ।

हम्जालाई अमेरिकाले दुई वर्षअघि विश्वका लागि ‘खतरनाक’ आतंकवादीको सूचीमा राखेको थियो ।

उनका बुवा लादेनलाई मारिँदा संकलन गरिएका पत्रमा हम्जालाई उत्तराधिकारीकारूपमा अगाडि बढाइरहेको संकेत देखिएको बताइन्छ । उनको विवाह अमेरिकाको ‘ट्वीन टावर’मा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको मानिन्छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्