विवाहपूर्व शारीरिक सम्बन्ध राखेको भन्दै सार्वजनिक स्थलमा कोर्रा

<span class='c1'>विवाहपूर्व शारीरिक सम्बन्ध राखेको</span> <span class='c2'>भन्दै सार्वजनिक स्थलमा कोर्रा</span>

बन्दा आचेह, फागुन २१ ।

इन्डोनेसियाको बन्दा आचेह प्रान्तमा शारीरिक सम्बन्ध कायम गरेको आरोपमा अविवाहित ६ जोडीलाई सार्वजनिक स्थानमा कोर्रा हानिएको छ । गत वर्ष एक होटलमा छापा मारेर नियन्त्रणमा लिइएका उनीहरुलाई सोमबार सार्वजनिक स्थलमा सजाय दिइएको हो । समाचार एजेन्सीहरुका अनुसार सजाय पाउने दुई महिला कोर्राको पीडाले हिँड्नसमेत नसक्ने भएका थिए ।

सो प्रान्तमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु, जुवातास खेल्नु जघन्य अपराध मानिन्छ । विश्वमै सर्वाधिक मुस्लिम जनसंख्या भएको यो मुलुकको बन्दा आचेह प्रान्तमा भने मुस्लिम कानुन लागू गरिएको छ । गत वर्ष होटलमा छामा पार्ने क्रममा १२ जना आपत्तिजनक अवस्थामा फेला परेको बताइएको छ । उनीहरुलाई सोमबार कोर्राको सजाय दिइएको हो ।

सार्वजनिक स्थलमा दिइएको उक्त सजाय हेर्नका लागि सयौं मानिस भेला भएका थिए । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्