भारतभर जुँगाको नयाँ ट्रेन्ड , पाइलट अभिनन्दनको स्टाइल लोकप्रिय

<span class='c1'>भारतभर जुँगाको नयाँ ट्रेन्ड ,</span> <span class='c2'>पाइलट अभिनन्दनको स्टाइल लोकप्रिय</span>

एजेन्सी । पाकिस्तानमा पक्राउ परेका भारतीय सैन्य पाइलट अभिनन्दन वर्तमानले पछिल्लो समय भारतभर जुँगाको नयाँ ट्रेन्ड सुरु गराएका छन् । पाकिस्तानले उनको भिडियो ट्विटरमा पोस्ट गरेदेखि नै उनी सबैको नजरमा आएका थिए र त्यसबेला देखि नै उनको अनौठो जुँगा चर्चामा आएको बताइन्छ । विशेषगरी भारतमा उनलाई राष्ट्रिय हिरोको उपनाम समेत दिइएको छ भने भारतीय मिडियाले पनि उनी बारे व्यापक चर्चा गरिरहेको छ । यस्तोमा  भारतीय पुरुषहरुले विंग कमान्डर अभिनन्दनको सम्मानमा भन्दै उनको जस्तो जुँगा राख्न थालेका हुन् ।

यसरी सो डिजाइनको जुँगाको नाम समेत अहिले अभिनन्दन राखिएको छ भने यसको लोकप्रियता बढ्दै गइरहेको छ । उनीबाटै प्रेरित भएर मानिसहरुले त्यस स्टाइलको जुँगा राख्दै सामाजिक संजालभर विभिन्न तस्बिर पोस्ट गरिरहेका छन् ।

यसरी पाकिस्तानको नियन्त्रणमा रहँदा भारत उनीबारे अत्यन्तै चिन्तित थियो तर पाकिस्तानी मन्त्रालयले ट्वीटरमा शेयर गरेको दोस्रो भिडियोमा उनी शान्तसँग चिया पिइरहेको अवस्थामा देखिए जसले पनि उनको स्वभाव, छवि र अनौठो जुँगातर्फ सबैको ध्यान केन्द्रित गराएको हो । त्यसपछि भारत फर्किदा उनको व्यक्तित्व र जुँगाप्रति सबैले अझ बढी रुची देखाएका हुन् ।

भारतीय डेरी आमुलले पनि उनको सम्मानमा एक विज्ञापन प्रकाशित गर्दै ‘मुछ नहि तो कुच नही’ भन्दै अभिनन्दनको जुँगाको प्रचार गरेको छ । आइतबार पोस्ट भएको सो विज्ञापन ट्वीटरमा तीन लाख भन्दा बढीले हेरिसकेको बताइएको छ । पाकिस्तानबाट भारत फर्किदा अत्यन्तै भव्य स्वागत पाएका अभिनन्दनको उदाहरणीय बहादुरीप्रति पूरा देश गर्व रहेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुक्रबार तस्बिर सहित ट्विट गरेको सीएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्