विराटनगरमा रगतको कालोबजारी, ८ सय १० रुपैयाँ पर्ने रगतलाई २५ सय (भिडियाे रिपाेर्ट)

विराटनगरमा रगतको कालोबजारी, ८ सय १० रुपैयाँ पर्ने रगतलाई २५ सय (भिडियाे रिपाेर्ट)

प्रेम देवान ।
विराटनगर, २१ फागुन ।
मानव जीवनसँग प्रत्यक्ष जोडिएको रगत पछिल्लो समय बिराटनगरका कालोबजारी भएको पाईएको छ ।
विराटनगरमा खुलेआम कालोबजारी भएको भेटिएको हो । विराटनगरका निजि तथा सरकारी अस्पताल बाहिर फार्मेसी संचालन गरेर बसेका केही ब्यक्तिहरुले रक्त संचार केन्द्रबाट रगत ल्याएर महँगोमा बिक्री गर्ने गरेको पाईएको हो ।

विराटनगरको रक्तसंचार केन्द्रमा बिभिन्न समयमा बढी रकम लिने गरेको गुनासाहरु आउने गरेको भएपनि नोबेल अस्पतालको रक्तसंचार केन्द्रबाट भने रगतको अबैध कालोबजारी हुने गरेको पाईएको हो । नोबेल अस्पताल बाहिर रहेको केही फार्मेसीले बिरामीका आफन्तसँग रगत कालोबजारीमा बेच्ने गरेको पाईएको हो ।
विराटनगरको नोवेल अस्पताल बाहिर रहेको छिन्नमस्ता फार्मेसीका कर्मचारीले विरामीका आफन्तबाट रगत उपलब्ध गराए वापत मोटो रकम असुली गरेको पाईएको हो । ब्लड बैकले फ्रेस ब्लड प्रति पिन्ट ८ सय १० मा बेच्दै आएको छ तर विरामीका आफन्तहरुबाट दलालहरुले २ हजारदेखि ३ हजारसम्म बेच्ने गरेको पाईएको हो ।
रगतमा चलखेल
भारतको फारविसगन्जबाट आएकी असोकी देवीले एक साता अघि आफ्ना छोराको किड्नीको उपचारको लागि नोबेल अस्पताल ल्याएकी थिईन् । छोरोलाई वि–पोजेटिभ ब्लड चाहिएको थियो तर नोवेल अस्पताल भित्र रहेको ब्लड बैंकमा उक्त ब्लड सकिएको बताईयो । उनी रगतको खोजीमा जुटिन् । तर उनले लामो समयसम्म पनि रगत पाउन सकिनन् । अशोकी देबी लामो समयसम्म भौँतारिँदै थिईन् ।त्यही क्रममा उनले नोवेल अस्पताल बाहिर रहेको छिन्नमस्ता फार्मेसीका हरिश चनसँग रगत खोजी दिन आग्रह गरिन् ।
फार्मेसीमा कार्यररत हरिशले रगत उपलब्ध गराए वापत २५ सयको बागर्नेनिङ गरे । रगत पाउन नसकेर भौतारिएकी अशोकी पनि २५ सय दिन तयार भईन् । तर उनले त्यही रगत ३ दिन अगाडि ८ सय १० रुपैयाँमा किनेकी थिईन् ।
उनीहरु बिच रगतको मोलमोलाई भईरहेको बेला त्यहाँ रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लडका केही प्रतिनिधि पुगे । त्यहाँ रगतको मुल्य बार्गेनिङ हुँदैछ भन्ने थाहै थिएन । दुवै बिचमा रगतको बारेमा मोलमोलाई भईरहेको दृष्य देखेपछि आवर विराटनगरलाई खबर आयो । रगतको कालो बजारी गर्ने छिन्नमस्ताका कर्मचारीले यस अघि पनि पटक पटक मानव रगतको कालो बजारीको बारेमा ओबीलाई जानकारी आउने गरेको थियो । आवर विराटनगरको टोली सो स्थानमा पुग्दा विरामीका आफन्तबाट २५ सय रुपैयाँ लिएर रगत बेचेको भेटियो ।
लाहान घर भई विराटनगरमा बस्दै आएका २२ बर्षिय हरिश चनले २५ सय रुपैयाँमा रगतको मोलमोलाई भएको स्वीकार गरेका छन् । उनलाई तत्काल नोेवेल अस्पताल भित्र रहेको प्रहरीले नियन्त्रणमा लिएर उप्रान्त त्यस्तो नगर्ने र विरामीको औषधी खर्चमा २० प्रतिशत छुट गर्ने भनेर विरामीका आफन्तसँग सहमती गराएको थियो ।

रगतको किनबेच हुँदा मानवीयताको बिषय गम्भीर बनेको छ । सरकारले तीन दशकअघि २०३८ सालमै मानवको रगत किनबेचमा प्रतिबन्ध लगाएको थियो । क्षेत्रीय रक्तसंचार केन्द्र विरटनगरले रगतको परिक्षण वापत ८ सय १० रुपैयाँ मात्र लिने गरेको क्षेत्रिय रत्तसंचार केन्द्र विराटनगरका प्राबिधिक ईन्चार्ज शिवानन्द यादवले बताए ।
विराटनगरमा हरेक दिन भइरहने रक्तदान कार्यक्रममा संकलित रगत सिमित दलालले खरिद गरी बेच्ने गरेको हो की भन्ने यो घटनाले देखाएको छ । नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित रक्तसंचार केन्द्रबाट नै कतै रगतको कारोवार त हुने गरेको छैन भन्ने असंख्या आशंका उब्जाएको छ । नेपाल रेडक्रस सोसाईटी विराटनगरका सभापति सुबोध सिंहले कुनै त्यसरी कारोवार भएको पाईए त्यस्ता ब्यक्तिलाई कार्वाही गर्ने बताए ।
सभापति सिंहले अहिलेसम्म यस्तो नसुनिएको दाबी गर्दै रगतको नाममा कारोबारी गर्न समेत नमिल्ने बताए । यदि त्यस्तो भएको पाईए कानुन अनुसार कार्वाही गरिने उल्लेख गरे ।

विराटनगरमा रगतको सेवाभन्दा पनि व्यापार बढेको छ । समस्यामा परेका बिरामीका आफन्तलाई रगत दिएर सहयोग गर्नु पर्ने मानवीयताका कुरा केही फार्मेसीले भुलेका छन् । एउटा गिरोहको रुपमा अस्पतालमा आएका सेवाग्राहीलाई लुट्ने परिवाटीको विकास भएको देखिएको छ । यसरी खुलेआम मानव जीवनसँग जोडिएको रगतको कालोबजारी गर्ने दलालहरुलाई कार्वाही कतैबाट पनि भएको छैन । पक्राउ परेका ब्यक्तिलाई समेत कार्वाही नगरी छाडिनुले प्रहरीको समेत संलग्नता भएको हो की भनेर बिरामीका आफन्तले आशंका गर्न थालेका छन् । यस्ता बिषयमा प्रहरीले तत्काल पक्राउ गरी कानुनी कार्वाही गरेर बिरामी तथा उनका आफन्तलाई ठगी हुन बाट बचाउन सहयोग गरे बिरामीका आफन्तले राहत पाउने थिए ।

भिडियाे रिपाेर्ट

https://www.facebook.com/ourbrt/videos/304777483496811/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्