टाउको दुखेमा के गर्ने ? (स्वास्थ्य टिप्स)

टाउको दुखेमा के गर्ने ? (स्वास्थ्य टिप्स)

एजेन्सी ।  टाउको मानिसको संवेदनशील अंग हो । यो भौतिक रूपमा सम्पूर्ण शरीरको चालक हो भने बौद्धिक रूपमा सिंगो जीवनको गुरु तथा पथपर्दशक पनि । टाउको आफंैमा संवेनशील गिदीबाट बनेको हुन्छ । यसमा हुने थोरै पनि असन्तुलन, दबाब, झड्का वा चोटले निकै ठूलो हानी नोक्सानी पु¥याउँछ ।

हामीले निकै व्यस्त जीवन बिताउनु परिरहेको छ । निकै धेरै कुरा सोच्नु परिरहेको छ । टाउकोको सोच्ने र विचार गर्ने काममा बढोत्तरी हुँदै गइरहेको छ । टाउकोले नै जिम्मेवारी सम्हाल्ने बनाएको छ मानिसलाई । तर, कहिलेकाहीँ निकै जोडसँग टाउको दुख्न थाल्छ । यस्तो अवस्थामा हामी टाउको दुखाइ कम गर्ने उपचारको कुरा सोच्न थाल्छौं । ठूला अस्पतालमा जाने कुरा त पछिको हो । तर, प्राथमिक उपचार केके गर्न सकिन्छ त ? टाउको दुखाइ विभिन्न कारणले हुन सक्छ । पछिल्लो चरणम आएर टाउको दुख्ने समस्या सामान्य पनि बन्न थालेको छ । तर, हामीले समयमा नै अपनाउनुपर्ने सजगता र गर्नुपर्ने प्राथमिक उपचारका बारेमा निकै होसियार रहनुपर्छ । टाउको दुखेमा लापर्बाही गर्नुहुँदैन ।

यसका लागि निम्न उपायहरू अपनाउनुपर्छ : 

– आफूलाई हल्का सन्तुलनमा ल्याउने प्रयास गर्नुपर्छ
– तनाव बढी भएमा आफन्त वा साथीको सहारा लिनुपर्छ
– तनाव भइरहेको ठाउँभन्दा केही शान्त ठाउँतिर जानुपर्छ
– कोलाहलबाट टाढा हुनुपर्छ
– रिस उठेको मानिसनजिक बस्नुहुँदैन
– टाउकामा हल्का मसाज गर्नुपर्छ
– केही मधुर तथा मन पर्ने संगीत सुन्नुपर्छ
– दालचिनीको पात राखेको तातोपानी वा चिया पिउनुपर्छ
– कागतीको रस राखेको चिया वा तातोपानी सेवन गर्नुपर्छ
– गर्मीमा चामलको चौलानी पानी पिउनुपर्छ
– नरीवलको पानीमा अदुवा मिसाएर सेवन गर्नुपर्छ
– सेतो चन्दन घोटेर निधार र वरिपरि लेप लगाउनुपर्छ
– लसुन पिसेर दुखेको ठाउँमा लेप लगाउनुपर्छ
– तुलसीको रस पिउने र निधारमा लगाउने गर्नुपर्छ
– सेतो सुतीको कपडा भिजाएर निधारमा पट्टी लगाउनुपर्छ
– सबेरै उठेर हि“डडुल र योगाभ्यास गर्नुपर्छ
– ढाड र गर्धनलाई सिधा राखेर बस्नुपर्छ
– सहजतामा लामोलामो श्वास लिनुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्