हेल्थ टिप्स : ग्यास्ट्रिक हुने खानेकुरा यस्ता छन् , ग्यास्ट्रिकका लक्षणहरू सहितको जानकारी

हेल्थ टिप्स : ग्यास्ट्रिक हुने खानेकुरा यस्ता छन् , ग्यास्ट्रिकका लक्षणहरू सहितको जानकारी

दुवै तीव्र र दीर्घ ग्यास्ट्रिकको एउटै कारण भनेको ‘हेलिकोब्याक्टर पाइलोरी’ नामक ब्याक्टेरियाको प्रजातिले पेटको म्यूकोसा कोषलाई सङ्क्रमण गर्नु हो। यो ब्याक्टेरियाले सुरुमा एण्ट्रम कोष (एसिड उत्पादन नगर्ने म्यूकोसा कोष) मा सङ्क्रमण गर्दछ र बेलैमा उपचार नगरे बिस्तारै सबै कोषहरूमा सङ्क्रमन गर्दछ, जसले दीर्घकालीन ग्यास्ट्रिक निम्त्याउँछ। यति बेलासम्म पनि उपचार नगरे त्यो सङ्क्रमण बिस्तारै अल्सर अनि क्यान्सरमा परिणत हुँदै जान्छ।

कुनै-कुनै औषधीको साइडइफेक्टले पनि ग्यास्ट्रिक गराउन सक्दछ। तथापी, ग्यास्ट्रिक गराउने थुप्रै कारणहरू हुन्छन्, तीमध्ये यी कारणहरू मूख्य हुन्छ :

ब्याक्टेरिया, भाइरस र कीटाणुको सङ्क्रमण
– लागूपदार्थ कोकेन (सबैभन्दा बढि लत लगाउने ५ लागूपदार्थ)
– रक्सी (के थौरै रक्सी सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ?)
– एलर्जी (एलर्जीबाट बच्ने उपायहरू)
– तनाव (तपाईलाई जतिबेला पनि थकाई लाग्छरु किन थाहा छ ?)
– विकिरण (सुत्ने समयमा यी ७ गल्ती भुलेर पनि नगर्नुस्)
– फूड पोइजनिङ्ग
– फ्याटि एसिड अथवा ग्यास्ट्रिक एसिड बढाउने खानेकुरा
– यसलगायत हामीले दैनिक खाने खानेकुराहरूले पनि ग्यास्ट्रिक गराउनमा महत्वपूर्ण भूमीका खेलिरहेको हुन्छ।

ग्यास्ट्रिकका लक्षणहरू के-के हुन्
अचम्मलाग्दो कुरा के छ भन्दा, अधिकांशमा उचित जाँच नगरेसम्म ग्यास्ट्रिकको कुनै पनि लक्षण नदेखिने हुन सक्छ। तर, प्रायजसो ग्यास्ट्रिक भएका व्यक्तिहरूमा निम्न लक्षणहरू देखिन सक्छन्

– पेट फुल्ने, पोल्ने
– पखाला लाग्ने
– पाद र ढ्याउ आइराख्ने
– जति बेला पनि दिशा बस्न मन लाग्ने
– खानमा रुचि घट्ने
– ढाड र कम्मर दुख्ने (हाडजोर्नी दुख्ने समस्या छरु यी ७ कुरामा ध्यान दिनुहोस्)
– माइग्रेन भएकाहरूलाई ग्यास्ट्रिक हुन गएमा टाउको दुख्ने मात्रा अत्याधिक हुन थाल्छ (टाउको फुट्ला जस्तो गरी दुख्छरु माइग्रेन पो भयो कि ?

ग्यास्ट्रिक कम गर्ने खानेकुराहरू
ग्यास्ट्रिक आफैमा खासै ठूलो समस्या होइन, तर जब हामीले यसलाई सानो समस्या भनेर हेलचेक्र्याईँ गर्न थाल्छौँ, तब यसले विकराल रूप लिन थाल्दछ। त्यसैले आफूलाई ग्यास्ट्रिक भएको जस्तो महशुस हुने बित्तीकै उचित उपाय अपनाइहाल्नुपर्छ।

विशेष गरी नियमित सन्तुलित भोजन गर्ने अनि बढि चिल्लो, पिरो र अमिलो खानामा कमि गर्नाले ग्यास्ट्रिकको समस्या नहुने सम्भावना बढि हुन्छ। कसै(कसैले अल्छि गरेर अथवा नभ्याएर ३र४ दिनसम्म पनि खाना नखाई बसिरहेका हुन्छन्, त्यस्तो व्यक्तिलाई ग्यास्ट्रिक हुने पक्का हुन्छ।

फेरि कहिलेकाहिँ ख्याल गर्दागर्दै अनि नचाहँदा नचाहँदै पनि ग्यास्ट्रिकको समस्या झेल्नुपर्ने बाध्यता आउन सक्दछ। यस्तो किन हुन्छ भन्दा माथि उल्लेखित खाना, जसले ग्यास्ट्रिक गराउँदछ, त्यस्तो खाना खाँदा पनि ग्यास्ट्रिकले सताउने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्