भारतीय सांसदद्वारा नेपाल र नेपाली माथि आत्मसम्मानमा यसरी प्रहार गरिन

भारतीय सांसदद्वारा नेपाल र नेपाली माथि आत्मसम्मानमा यसरी प्रहार गरिन

नयाँ दिल्ली, फागुन २८ । भारतमा चुनावी सरगर्मी बढेसँगै राजनीतिक दलहरु प्रचारप्रसारमा सक्रिय हुन थालेका छन् । भारतीय जनता पार्टी नेतृत्वको सरकार विस्थापन गर्नका लागि विपक्षी दलहरु अनेक राजनीतिक मुद्दा उठाउन थालेका छन् ।

यस क्रममा आम आदमी पार्टीकी सांसद अलका लाम्बाले नेपाल र नेपालीको आत्मसम्मानमा ठेस पुग्ने अभिव्यक्तिसहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विकल्प खोज्न भारतीय जनतालाई अपिल गरेकी छन् ।

उनले ट्वीट गर्दै भनेकी छन्, ‘प्रिय भारतवासी, कृपया यो पटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

उनको ट्वीटरमा कयौं नेपालीले आपत्ति प्रकट गरेका छन् ।

उनी दिल्ली विधानसभामा आम आदमी पार्टीका तर्फबाट चाँदनी चोक क्षेत्रबाट निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्