न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुग्यो

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुग्यो

न्यूजिल्याण्ड, चैत १ ।

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुगेको छ । २० भन्दा बढी गम्भीर घाइते भएका छन् ।

शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर आक्रमण गरिएको थियो । आक्रमणमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । पक्राउ पर्नेमा तीन पुरुष र एक महिला छन् । घटनामा अरु पनि संलग्न भएको आशंका गरिएको छ ।

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट खेलाडी समेत मस्जिदमा पुगेका बेला उक्त आक्रमण गरिएको थियो । बंगलादेशी क्रिकेट खेलाडी भने सुरक्षित रहेका छन् ।

न्युजिल्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले घटनालाई आतंककारी आक्रमणको संज्ञा दिएकी छन् । उनले यस घटनालाई मुलुकको कालो दिन भएको उल्लेख गरेकी छिन् ।

अस्ट्रेलियामा प्रधानमन्त्री स्कोट मोरिसोनले पक्राउ परेकामध्ये एक जना अस्ट्रेलियन नागरिक भएको पुष्टि गरेका छन् । उनले पक्राउ परेका अभियुक्त अतिवादी दक्षिणपन्थी आतंककारी भएको बताएका छन् ।

न्यूजिल्याण्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीविरुद्ध लेखेका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्