प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हानि हुन्छ है

प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हानि हुन्छ है

एजेन्सी । गर्मी लागेपछि मानिसहरूको खानपानमा पूर्ण परिवर्तन आउँछ । शीतल गर्ने कुराहरू खान र पिउन मन लाग्छ मान्छेलाई । बच्चादेखि बूढासम्मले आइसक्रीम, सफ्ट ड्रिंक र जुस पिउन मन गर्छन् ।प्याकेटको जुस पनि भरमार बिक्छ गर्मीमा । यस यस्तो प्याक्ड जुसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

विशेषज्ञहरूका अनुसार प्याकेटको जुस धेर गुलियो हुनाले बच्चाहरूको शरीरमा चिनीको मात्रा बढाइदिन्छ । यसले गर्दा मोटोपना हुन्छ । यसको साटो फलफूलको ताजा जुस, दही र लस्सी खानु ठीक हुन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न तथा एसिडिटीबाट राहत पाउन लस्सी राम्रो हुन्छ ।

प्याकेटको जुसमा पोषक तत्त्व हुँदैन । यस्तो जुस बनाउनुअघि फलहरूको रसलाई उमालिन्छ किनकि ब्याक्टेरियालाई नष्ट गर्नुपर्ने हुन्छ । यसरी उमाल्दा भिटामिन लगायतका पौष्टिक तत्त्व पनि नष्ट हुन्छन् । अनि शरीरले फाइबर पाउँदैन । जुसको साटो सिधै फल खानुभयो भने पोषक तत्त्व पनि पाइन्छ, फाइबर पनि ।

अनि प्याकेटको जुसले मोटोपना बढाउँछ । यसमा प्रशोधित चिनी प्रयोग गरिने हुनाले मधुमेहका रोगी त पिउनै हुँदैन । सुगर फ्री भनेर प्रचार गरेको जुस पनि मधुमेहको रोगीले नपिएकै बेस । जुसमा कृत्रिम रंग प्रयोग गरिएकाले हानि गर्न सक्छ ।

यस्ता जुसमा सर्बिटल जस्तो चिनी राखिएको हुन्छ जुन सजिलै पच्दैन । सर्बिटल भनेको कार्बनसहितको अल्कोहल हो र मिठास ल्याउनका लागि यसको प्रयोग हुन्छ । कृत्रिम मिठास आजकल धेरै कुरामा प्रयोग हुन्छ । पञ्जाब केसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्