उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर

उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर

उदयपुर, ७ चैत । सुख्खा मौसम बढेसँगै उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । केहि दिन यता चुरे क्षेत्रको करिब २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको छ । हावाहुरी सुख्खा मौसमले गर्दा डढेलो नियन्त्रण बाहिर गएको हो ।

गाईघाट डिभिजन वन कार्यालयका निमित्त प्रमुख चूडामणि खतिवडाले सुख्खा मौसमका कारण गाईघाट डिभिजन क्षेत्रका वनमा डढेलो बढ्दै गएको बताए । २ सय हेक्टर भन्दा बढी क्षेत्रमा आगो लागि सकेको छ, उनले भने, ‘हामीले यकिन तथ्याङ्क निकालेका छैनौँ, तर, डढेलो बढ्दै गएको छ, नियन्त्रण प्रयास जारी छ ।’ सुख्खाका मौसमका कारण गाईघाट डिभिजन मातहतका वनमा डढेलो बढ्दै गएको हो ।

उदयपुरकै त्रिवेणी डिभिजन कार्यालयका मातहतमा रहेका वनमा पनि डढेलो बढेको डिभिजन प्रमुख दानबहादुर श्रेष्ठले बताए । ‘कटारी त्रिवेणी क्षेत्रमा ५० देखि ६० हेक्टर वन सखाप भएको छ, बाटो भएको क्षेत्रमा कटारी नगरपालिकाको दमकल प्रयोग गरि नियान्त्रण गर्ने काम गरे पनि, डढेलो लागेको सूचना आउने क्रम जारी छ ।’ चुरे क्षेत्रका विभिन्न भागबाट वन ढडेलो क्रमिक रूपमा बढ्दै गएको वन कार्यालय गाईघाट र त्रिवेणीको भनाइ छ ।

सम्बन्धित सामुदायिक वन समूहले समेत ढडेलो नियन्त्रणमा चासो नदेखाउँदा र सुख्खा मौसम भएकाले समस्या भएको कार्यालयको भनाइ छ । डढेलो लाग्नबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरुलाई सचेत गराइएको गाईघाटका डिभिजन वन कार्यालयका निमित्त प्रमुख खतिवडाले बताए ।

चुरे वन क्षेत्रसँग जोडिएको बेलका, चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिकाका र उदयपुरगढी गाँउपालिकामा पर्ने चुरेमा डढेलो लागि रहेको छ । विभिन्न सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो नियत्रन्यामा नआउँदा सयौ हेक्टर वन जलेको छ । चुरे वनसँग जोडिएका सदरमुकाम गाईघाट आसपासका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका वन पाँच दिन अघि देखि निरन्तर रूपमा जलिरहेको छ ।

सल्केको डढेलोले गाउँबस्तीमा पस्ने खतरा बढेकाले सर्बसाधरण त्रसित भएको छ, सुख्खा मौसम सुरु भएसँगै चुरे वन क्षेत्रमा सत्केको डढेलोको कारण चुरे आसपासका सर्बसाधारण त्रसित बनेका हुन् । चुरे वन क्षेत्र छेउछाउ बस्ने सर्बसाधरणहरु बस्तिमा आगो आउने भयका कारण त्रसित बनेको हो ।

चुरेका क्षेत्रमा बसोबास गर्ने सर्बसाधरणको घरमा थाकल तथा खरले छाएको फुस्को छाना भएकाले हावाहुरीले उडाएर लगेको आगो सल्किन सक्ने सर्बसाधरणको भनाइ छ । त्रियुगा नगरपालिका सहित पूर्वी क्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आगलागी निरन्तर जारी छ ।

कटारी नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथियाई सामुदायिक वन क्षेत्रमा व्यापक आगलागी नियन्त्रण लिइएको थियो । डढेलोलाई गाउँ क्षेत्रमा प्रवेश गर्ने खतरा बढेपछि वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीयबासी सहित ५० जनाले दुई दिन लगाएर डढेलो पर्ण रूपमा नियन्त्रण लिएका थिए ।

यस्तै नगरपालिकाको त्रिवोणी सामुदायिक वन मोतिगडा चुरे क्षेत्रमा पनि दुई दिनदेखि व्यापक रूपमा लागेको डढलो पनि वन कार्यालयले नियन्त्रणमा लिएको थियो । यसरी लाग्छ, डढेलो, डढेलो लगाएपछि वनमा नयाँ घाँस उम्रिने विश्वासमा सर्बसाधारणले वनमा डढेलो लगाउँछन् । जनचेतना अभावका कारण स्थानीयले लगाउने आगो हुरीका कारण फैलेर वन सखाप हुने गरेको छ ।

यसरी लग्ने डढेलोले बस्ती पुग्दा जनधनको क्षति हुने गरेको छ । ‘नयाँ घाँस पलाउने विश्वासले डढेलो लगाउने गर्छन, त्रियुगा नगरपालिका–१२ का प्रेमबहादुर बुर्जाको भनाई रहेको छ । डढेलोका कारण अमूल्य जडिबुटी, बोटबिरुवा नष्ट हुने गरेको छ । सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र ठेकेदार समेतको मिलेमतोमा डढेलो लगाउने गरेको स्थानीयबासीको बताउँछन् । वनमा डढेलो लगाएपछि वनका रुख मर्ने भएकाले त्यसलाई बिक्री गर्न पाइन्छ ।

उदयपुरगढी नेपालटारका एक स्थानीयले भने, ‘त्यसका लागि ठेकेदार र वनका पदाधिकारी मिलेर ढडेलो लगाउँछन् । तर, डढेलो लगाउनेको पहिचान गरी कारवाही गरेको अहिलेसम्म सुनिएको छैन’, उनले भने । गाईघाट डिभिजन निमत्ति प्रमुख खतिवडा पनि सर्बसाधरणकै हेलच्क्राँइका कारण अनि नयाँ घाँस पलउने भन्दै डढेलो लगाउने प्रवृत्तिका कारण चुरेको डढेलो लागेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्