-लक्ष्मण निरौला
म कवि
मेरो कविता को शीर्षक "तिमी"
हो ,
म आज "हामी" लेख्दै छु ।।
म आज
हामी भेटिएको तर
एक हुन् नसकेको कहानी लेख्दै छु ।।
खोला ले कति न्यास्रो मान्छ होला
बगर नजिक उभिएर एकछिन आँखा जुदाउन नपाउँदा।।
खोला ले पनि मैले झै असाहय ठान्छ होला
फेरि बगर सामु फर्की आउने आँट जुटाउन नपाउँदा।।
केहि त अधूरा रहर रहे होलान्
र त बादल त्यत्रो उचाइ मा पुगेर पनि फेरि
जमीन मै फर्किन्छ ,
फेरि त्यही बगरलाई नियाल्ने आशा ले पो होकी ..
जुन लाइ पनि त आश होला फेरी घाम मै शामिल हुने
चित्त अँगाल्ने , ताप सम्हाल्ने , अनि घामको हृदयलाई छुने
मलाई पनि तिम्रो आश त्यतिकै छ
मेरो प्रेम पनि तिम्रो लागि आकाश जतिकै छ ।।
तिम्रो नजिक भएर पनि म टाढा छु ।।
चैत्र अनि बैसाख जस्तै ।।
रंगमंच मा घुलिएर पनि म सादा छु ।।
जलेर सकिएको राख जस्तै ।।
म बोट बाट छुटिएको पात हु ,
खुसी त पक्कै छैन
बिस्तारै पहेलिदै छु , केही बेर मा कुहिन्छु अनि सकिन्छू।।
कुनै दिन बिर्सिएर सम्झेछु भने
तिम्रो नाममा अस्ताउॅंदो सूर्य हेरेर
एक अञ्जुली पानी चढाउँला
जसले तिमीलाई पनि
भिजाउन खोज्नेछ यसैगरी
जसरी तिम्रो यादहरूले
जबरजस्ती भिजाउन खोजिरहेछन् मलाई।|
मेरो कुनै गुनासो छैन दैबसंग ,
र पनि जीवन को साथ नलेख्या भए ,
सुखद अन्त्य नदेख्या भए,
किन मुलाकात लेख्यौ। ...
किन कथाको सुरुवात लेख्यौ ।।