अनलाइन भिडियो खेल पब्जीले सनसनी : पब्जी नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या

<span class='c1'>अनलाइन भिडियो खेल पब्जीले सनसनी : पब्जी</span> <span class='c2'>नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या</span>

अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ ।

घटना केही दिन अगाडिको हो ती किशोरले आत्महत्या गरेपछि उनका पिताले पब्जीमा रोक लगाउन माग गरेका छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार परीक्षाको बेला पब्जी खेली रहेका किशोरलाई उनी आमाले पढ भनेर कर गरेका थिए ।

आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको घर अाफ्नै काेठामा फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ । रिसाएर काेठामा गएका किशाेरले उनका बुबा अामाले ढाेका भाँचेर भित्र जाँदा सम्म ज्यान गुमाइसकेका थिए ।

त्यस्तै भारतको कर्नाटकमा एक विद्यार्थीले इकोनोमिक्सको परीक्षामा पब्जी कसरी खेल्ने भन्ने बारे लेखेको घटनासमेत केही दिन अगाडि सार्वजनिक भएको थियो । उनले आफु पब्जी खेल्नमा बिजी रहेको भन्दै उत्तर पुस्तिकामा पब्जी कसरी खेल्ने भनेर लेखेका थिए । उनलाई परीक्षामा फेल गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्