विराटनगरमा नेरुडेकाे नयाँ भवन उद्घाटन, गभर्नरले भने ‘आर्थिक बृद्धिदर ७ प्रतिशत पुग्ने’

विराटनगरमा नेरुडेकाे नयाँ भवन उद्घाटन, गभर्नरले भने ‘आर्थिक बृद्धिदर ७ प्रतिशत पुग्ने’

विराटनगर, ४ बैशाख ।
राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीबी नेपालले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धीदर ७ प्रतिशत पुग्ने बताएका छन् ।
उनले आर्थिक गतिबिधि बढेको तथा कर्जाको प्रवाह बढी हुनुलाई सकारात्मक लिँदै आर्थिक बृद्धिदर बढ्ने उनले स्पष्ट पारे । पछिल्लो समयमा भएका आर्थिक गतिबिधिलाई हेर्दा आशालाग्दा कामहरु शुरु भएको बताउँदै उनले कर्जाको ग्रोथ २२ दशमलव ५ प्रतिशत रहेको जानकारी दिए ।

कर्जाको ग्रोथलाई हेर्दा यसले गलत ट्याक लिन्छकी भन्ने समेत चिन्ता रहेको हुँदा कहिलेकाँही निर्देशन दिनु पर्ने र होल्ड गर्नु पर्ने अबस्था समेत आएको बताए ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुबित्त वित्तीय संस्था लिमिटेडको नव निर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर नेपालले बैंक तथा बितीय संस्थाहरुलाई जनताको पैसा लिएर मनपरी गर्ने छुट कसैलाई नदिईएको स्पष्ट पारे । बैंक तथा बित्तीय संस्थाहरुलाई थप मनपरी हुनबाट रोक्नको लागि संचालकको दवावमा प्रमुख कार्यकारीले मनपरी बैंकको ब्याज बढाउने गरेको गुनासालाई ध्यानमा राखेर अब सिईओ राख्दा नै राष्ट्रबैंकले अनुमती दिएको ब्यक्ति बाहेकलाई राख्न नपाउने ब्यवस्था लागु गर्न लागिएको जानकारी दिए ।
‘अब बैँक तथा वितीय संस्थाहरुले राष्ट्रबैंकलाई जानकारी दिएर मात्र प्रमुख कार्यकारी नियुक्त गर्नु पर्नेछ, उनले भने, ‘कस्तो ब्यक्ति आउने र उनले गर्ने गतिबिधि पछि राष्ट्रबैंकले स्वीकृती दिनेछ ।’
समस्याग्रस्त १६ वटा बैंक तथा बितीय संस्थाहरु मध्ये १४ वटा संचालनमा आईसकेको र बाँकी २ वटा समेत पुन संचालनको तयारीमा रहेको बताए । अहिले जेमा पनि लगानी गर्दा फाईदा लिन सक्ने भएकोले गलत रुपमा लगानी नहोस् भन्नका लागि राष्ट्रबैंक सचेत रहेको स्पष्ट पारे । उनले भुकम्प पछि जनताले बैंकलाई बिस्वास गर्न थालेकोले भुकम्प पछिका दिनमा ५० अर्ब बैंकमा जम्मा हुन आएको जानकारी दिए ।
पछिल्लो ८ महिनामा ब्यापार घाटा ८८७ अर्ब रहेको जानकारी दिँदै ६१ अर्ब मात्र ब्यापार गर्न सफल भएको उल्लेख गरे । यसरी ब्यापार घाटा अत्याधिक हुँदा पनि लगानी गरेर उत्पादन गर्ने र निकासी गर्नेमा खासै ध्यान जान नसकेकोमा गभर्नर नेपालको चिन्ता छ । अत्याधिक परनिर्भर हुँदा ब्यापार घाटा थेग्नै नसक्नेअ अबस्थामा रहेको औल्याए । तरकारी पनि ९ अर्बको पछिल्लो ८ महिनामा आयात भएको जानकारी दिँदै के हामी तरकारी पनि फलाउनै नसक्ने अबस्थामा पुगेका हौ त ? गभर्नर नेपालको प्रश्न छ । उनले भने, ‘मुलुकलाई अत्याधिक परनिर्भर बनाएर केही ब्यक्तिहरु नेपाललाई अस्तब्यस्त बनाउने प्रयासमा यस्तो राम्रो हूँदैन ।’
ब्यापारीको ब्याजदर त्रास
विराटनगरका ब्यापारीले बैंक तथा बितीय संस्थाहरु नाफामुखी भएको आरोप लगाएका छन् । राष्ट्रबैंक महाजन, बैंकहरु बनियाँ बनेर ब्यापारीलाई पेल्ने काम भएको ब्यवसायीले आरोप लगाएका हुन् । मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले बैंकहरु नाफाखोर भएको बताएका हुन् । राष्ट्रबैंकले उद्योग तथा ब्यवसाय पनि सहज रुपमा चल्ने अनी बैंकहरुले चल्न सक्नेखालको ब्यजदरको ब्यवस्था मिलाउन सारडाले आग्रह गरे ।
उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बैंकको ब्याजदरका कारण उद्योगी ब्यापारीलाई अप्ठेरो पार्ने काम भएको बताएका छन् । अत्याधिक नाफा कमाउने बैंक तथा बितीय संस्थाहरुलाई छुट दिएको आरोप लगाउँदै कार्वाही गर्नु पर्ने माग अघि सारे । ‘हामी ब्यापारीले २० प्रतिशत भन्दा बढी मुनाफा कमाए कालाबजारीमा जेल हालिन्छ, घिमिरेले भने, ‘बैंकहरुले अर्बौ मुनाफा कमाउँदा पनि वास्ता किन नभएको हो स्पष्ट हुनु प¥यो ।’
तीन करोड ११ लाखको भवन
नेरुडे लघुबित्त वितीय संस्था लिमिटेडले ३ करोड ११ लाख ३५ हजारको लागतमा भवनको निर्माण सम्पन्न गरेको हो । भवन निर्माणसँगै भाडामा रहेको बैंकको केन्द्रीय कार्यालय आफ्नै भवनमा सरेको प्रबन्धक संचालक मणीकुमार अज्र्यालले जानकारी दिए । नेपाल ग्रामिण विकास समाज केन्द्रको नाममा शुरु भएको बितिय संस्था अहिले नेरुडे लघुवित्त विकास बैंकको रुपमा संचालन हुँदै आएको छ । देशका ३० जिल्लामा ८८ शाखा मार्फत सेवा प्रवाह गर्दै आएको यस बितिय संस्थामा १ लाख ३२ हजार सदस्यहरुमा ८४ हजार २ सय ९५ घर परिवारमा पुगेको अज्र्यालले बताए । आगामी दिनमा ७७ जिल्लामा नै सेवा प्रवाह गर्नको लागि तयारी भईरहेको अज्र्यालले जानकारी दिए ।
४ अर्ब ६६ करोड ऋण लगानी तथा १ अर्ब ७७ करोड बचत गर्दै यस बितीय संस्थाको हाल ३० करोड ७६ लाख ४७ हजार चुक्तापुँजी रहेको सोही अवसरमा जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्