भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको १२ राज्यका ९५ सिटका लागि मतदान हुदै

<span class='c1'>भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको</span> <span class='c2'>१२ राज्यका ९५ सिटका लागि मतदान हुदै</span>

नयाँ दिल्ली, वैशाख ५ । भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो १२ राज्यका ९५ सिटका लागि मतदान भइरहेको छ ।

सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो ।

स्थानीय समयअनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्याशी चुनाव मैदानमा छन् ।

उडिसा र असमका पाँच–पाँच क्षेत्र, तमिलनाडुका ३८, कर्नाटकका १४, महाराष्ट्रका १०, छत्तीसगढ र पश्चिम बंगालका तीन–तीन, जम्मु कश्मीरका दुई तथा मणिपुर र पण्डुचेरीका एक–एक सिटका लागि बिहीबार मतदान हुँदैछ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्