बालबालिकालाई नछुटाउनु होला : आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

बालबालिकालाई नछुटाउनु होला : आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

काठमाण्डौ बैशाख ६

दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए कार्यक्रम सहजीकरण गर्न सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्