गर्मी बढ्यो प्रशस्त पानी पिएर मिर्गाैला जोगाउनुहोस, यी हुन् मिर्गौला फेल गराउने ७ कारण

गर्मी बढ्यो प्रशस्त पानी पिएर मिर्गाैला जोगाउनुहोस, यी हुन् मिर्गौला फेल गराउने ७ कारण

पछिल्लो वर्षमा मिर्गौला फेल हुनेहरुको संख्या बढिरहेको छ । यसरी मिर्गौला फेल हुने कारण मध्य एक जीवनशैली र खानपान हो । कोखमा हुने मिर्गाैलाले रगतमा इलेक्ट्रोलाईट नियन्त्रण गर्न मुख्य भूमिका खेलेको हुन्छ । किड्नीले शरीरबाट अनावश्यक चीजलाई फालिदिन्छ (विषादी लगायतका हानिकारका चिज )। किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साईड इफेक्ट लगायतका कारणले किड्नीमा गम्भीर हानी गर्छ । किड्नी फेलका सामान्य कारण यस्ता छन् ः
पर्याप्त पानी नपिउनु
हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरिरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले किड्नी स्टेन र किड्नीलाई ड्यामेज गराउँछ ।

पिसाब रोक्नु
काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसले किडनीलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ किड्नीमा व्याक्टेरिया जम्मा हुन्छ, जसका कारण किड्नीमा संक्रमण हुन्छ र बिस्तारै किड्नी विग्रन्छ ।

अत्यधिक प्रोटिन
शरिरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि किड्नी फेल हुन्छ ।

नुनको मात्रा बढी
नियमित रुपमा नुनिला खानेकुरा खादा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न किड्नीले धेरै काम गर्नुपर्ने हुन्छ ।

पेनकिलरको नियमित प्रयोग
नियमित रुपमा पेनकिलर खाँदा किड्नीमा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ ।

अत्यधिक मदिरा
अत्यधिक मात्रमा मदिरा पिउदा रक्त प्रबामा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण किड्नीलाई अशर गर्छ र किड्नी फेल हुन्छ ।

संक्रमणप्रति अज्ञानता
निश्चित संक्रमण जस्तै भाइरल फ्लु, टन्सिल, पेटसँगसम्बन्धि संक्रमणले कहिलेकाही किड्नीलाई असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्