श्रीलंकाका दुई वटा चर्च र एउटा होटलमा बम विष्फोट , ८० भन्दा बढी मानिसहरु घाइते

श्रीलंकाका दुई वटा चर्च र एउटा होटलमा बम विष्फोट , ८० भन्दा बढी मानिसहरु घाइते

बीबीसी । श्रीलंकाका दुई वटा चर्च र एउटा होटलमा बम विष्फोट भएको छ । इसाई धर्मावलम्बीको प्रमुख पर्व ईस्टर सण्डे चलिरहेका बेला चर्च र होटलमा विष्फोट भएको हो ।
ईस्टर पर्व मनाइरहेका बेला श्रीलंकाका कयौं स्थानमा बम विष्फोटका खबरहरु प्राप्त भएको बीबीसीले जनाएको छ । बीबीसीले अहिलेसम्म प्राप्त जानकारी अनुसार दुई चर्च र एक होटलमा बम विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।
समाचार एजेन्सी एफपीले अज्ञात स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ८० भन्दा बढी मानिसहरु घाइते भएका जनाएको छ । घाइतेहरुलाई श्रीलंकाका फरक फरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्